डिजल चोरीको आरोपमा आयल स्टोरका संचालकसहित दुई पक्राउ

राजविराज राजविराज
|
मंगलबार, माघ १७, २०७९
|
|
२७ पटक हेरिएको
Shares
डिजल चोरीको आरोपमा आयल स्टोरका संचालकसहित दुई पक्राउ

सारांश

  •     पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका वडा नं.
  • ७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ वर्षिय श्याम कुमार साह र सप्तरीकै कञ्चनरुप नगरपालिका वडा नं.
  • ९ बस्ने २९ वर्षिय नबराज भुजेल छन् ।

दैनिक समाचारदाता
राजविराज, १७ माघ । 

    डिजल चोरी घटनामा संलग्न रहेको आरोपमा सप्तरी प्रहरीले एक आयल स्टोरका संचालकसहित दुई जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका वडा नं. ७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ वर्षिय श्याम कुमार साह र सप्तरीकै कञ्चनरुप नगरपालिका वडा नं. ९ बस्ने २९ वर्षिय नबराज भुजेल छन् । संचालक साहले चोरीको डिजल खरीद गरेको तथा भुजेल ट्याङकरबाट डिजल चोरी गरी बेचेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीका अनुसार माघ ११ गते बिहान नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगंज डिपो बाराबाट को.१ख. ३६५५ नम्बरको टयाङकरमा २० हजार लिटर डिजल लोड गरी नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय बिराटनगरतर्फ लैजाने क्रममा सोही दिन साँझ ट्याङकर चोरी भएको थियो । 
    ट्याङकर चालक सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ९ बस्ने ४५ वर्षिय बिनोद कुमार भुजेलले उक्त ट्याङकर साँझ ७ बजेतिर कञ्चनरुप नगरपालिका वडा नं. ८ स्थित बि.कि. पम्पमा पार्किङ्ग गरी घर गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश सिंहले जानकारी दिए । 
    उक्त ट्याङकर माघ १५ गते बिहान ९ बजेतिर जिल्लाकै शम्भुनाथ नगरपालिका वडा नं. २ खैरबना भन्ने स्थानमा बेबारिसे अवस्थामा फेला परेको उनले बताए । फेला परेको ट्याङकर चेक जाँच गर्दा ५ वटा च्याम्बरमा रहेको ४ हजार लिटरको दरले २० हजार लिटर डिजल मध्ये ४ वटा च्याम्बर खाली रहेको र एक वटा च्याम्बरमा मात्र डिजल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    डिएसपी सिंहका अनुसार नेपाल आयल निगमले सिलबन्दी गरेको उक्त टयाङकरको सिलबन्दी तोडिएकाले डिजल चोरी भएको भन्दै घटनाको अनुसन्धान थालिएपछि नेपाल आयल निगम १ नं.प्रदेश प्रादेशिक कार्यालय बिराटनगरका कर्मचारी तथा नेपाल प्रहरी समेतको संयुक्त टोलिले छानविन तथा चेक जाँच गर्ने क्रममा चोरी घटनामा ती व्यक्तिहरुको संलग्नता रहेकोले पक्राउ गरिएको हो । 
    दुबै जनालाई प्रहरीले माघ १६ गते नियन्त्रणमा लिई चोरी मुद्दा शिर्षक अन्तर्गत मंगलबार जिल्ला अदालत सप्तरीबाट म्याद थप गराई थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन
प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन
खोला तर्ने क्रममा यूवक वेपत्ता
खोला तर्ने क्रममा यूवक वेपत्ता
रुपनी र डाक्नेश्वरी बिजयी
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने
तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण
तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण
सप्तरीमा थपिए ५८ वटा नयाँ मतदान केन्द्र, कुल मतदाता ४ लाख १२ हजार ४ सय ४५ 
सप्तरीमा थपिए ५८ वटा नयाँ मतदान केन्द्र, कुल मतदाता ४ लाख १२ हजार ४ सय ४५ 
नेकपा सप्तरीको बैठक स्थगित दुई पक्षबीच विवाद कायमै 
नेकपा सप्तरीको बैठक स्थगित दुई पक्षबीच विवाद कायमै 
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी
सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
मोटरसाइकलको ठक्करबाट  नाबालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट  नाबालकको मृत्यु