गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी

राजविराज राजविराज
|
बुधबार, जेठ १४, २०८२
|
|
७४ पटक हेरिएको
Shares
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी

सारांश

  •     गणतन्त्र दिवसको अवसरमा पहिलो दिन बुधबार मधेश भवन र प्रदेश मातहतका मन्त्रालयहरुमा सरसफाई गरिएको छ ।
  •       सो अवसरमा प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकारसम्पन्न भएको बताउँदै पाएका उपलब्धी तथा अधिकारलाई संस्थागत गर्नका निम्ति दिवस मनाइने गरिएको बताए ।
  •       सो अवसरमा प्रदेश सरकार प्रवक्ता समेत रहेका मन्त्री लेखीले गणतन्त्र स्थापनापछी संचारकर्मी, राजनीतिकर्मी, सुरक्षाकर्मी, विद्यार्थी, कर्मचारी, युवा लगायत सम्पूर्ण नागरिक अधिकार सम्पन्न भएको उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।

    मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले तीन दिवसीय कार्यक्रमसहित गणतन्त्र दिवस मनाउँदै छ ।
    गणतन्त्र दिवसको अवसरमा पहिलो दिन बुधबार मधेश भवन र प्रदेश मातहतका मन्त्रालयहरुमा सरसफाई गरिएको छ । 
    सो अवसरमा प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकारसम्पन्न भएको बताउँदै पाएका उपलब्धी तथा अधिकारलाई संस्थागत गर्नका निम्ति दिवस मनाइने गरिएको बताए । 
    सो अवसरमा प्रदेश सरकार प्रवक्ता समेत रहेका मन्त्री लेखीले गणतन्त्र स्थापनापछी संचारकर्मी, राजनीतिकर्मी, सुरक्षाकर्मी, विद्यार्थी, कर्मचारी, युवा लगायत सम्पूर्ण नागरिक अधिकार सम्पन्न भएको उल्लेख छ । उनले भने, “मधेश प्रदेशका सुरक्षाकर्मीहरु सीमित श्रोत साधानका बाबजुद पनि अनुशाषित रहेर काम गरिरहेका छन्, मुलुकको सात वटै प्रदेश मध्ये मधेश प्रदेश नमूना प्रदेशको रुपमा विकसित गर्नका लागि सबैको सहयोग अपिहार्य रहेको छ ।”
    उनले गणतन्त्र दिवसको अवसरमा मधेश प्रदेशका करिब डेढ दर्जन प्रेस स्वतन्त्रता सेनानीहरुलाई नगद राशीसहित दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम रहेको जानकारी समेत दिएका छन् । 
    प्रदेश सरकारका प्रवक्ता समेत रहेका संचार मन्त्री लेखीले भने, “गणतन्त्र स्थापनाका लागि संचारकर्मीहरुको योगदानको कदर गर्दै प्रदेश सरकारले सम्मान गर्न लागेको हो । उनले थपे, “म पनि पत्रकारिता क्षेत्रबाट आएको व्यक्ति हुँ, पत्रकारहरुको पीडा, दुःख र कष्ट बुझेको छु, उनीहरुको दुःख, कष्टमा थोरै भएपनि सहयोग गर्नेतर्फ लागिपरेको छु ।” उनले भने– पत्रकारिता क्षेत्रको बृद्धि, विकासका लागि म कटिबद्ध छु ।”
    बुधबारै रक्तदान कार्यक्रमको आयोजना गरिदै छ । तीन दिवसीय कार्यक्रम अन्तरगत दोश्रो दिन १५ गते “गणतन्त्रको उपलब्धी र चुनौती” सम्बन्धी विचार गोष्ठी, प्रेस स्वतन्त्रता सेनानीहरुलाई नगद राशीसहित दोसल्ला ओढाएर सम्मान तथा जेठ १६ गते जनकपुरस्थित मानव सेवा आश्रममा आश्रित व्यक्तिहरुलाई दिवा भोजन खुवाउने कार्यक्रम रहेको जानकारी दिए । 
    वि.स. २०६५ साल जेष्ठ १५ गते संविधानसभाको पहिलो ऐतिहासिक बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । जनआन्दोलन २०६२÷६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइने गरिन्छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिट्मस केवल्सको चाडपर्वलाई लक्षित गरि योजना सार्वजनिक
लिट्मस केवल्सको चाडपर्वलाई लक्षित गरि योजना सार्वजनिक
नगर प्रहरी भर्ना गर्न खोज्दा धम्की  आयो ः कावा नगरप्रमुख परविन
नगर प्रहरी भर्ना गर्न खोज्दा धम्की  आयो ः कावा नगरप्रमुख परविन
एक वर्ष बितिसक्दा समेत बस दुर्घटनामा  ज्यान गुमाएका परिवारले पाएनन्  क्षतिपूर्ती, चाडै क्षतिपूर्ती उपलब्ध नभए आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
एक वर्ष बितिसक्दा समेत बस दुर्घटनामा ज्यान गुमाएका परिवारले पाएनन् क्षतिपूर्ती, चाडै क्षतिपूर्ती उपलब्ध नभए आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहन सुझाव
लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहन सुझाव
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने
पुस १ देखी ५ सम्म विद्युत महसुल काउन्टर बन्द रहने
सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया
सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर 
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर 
सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
यति तपाईं बियर पिउँदै हुनुहुन्छ भने सचेत रहनुहोस् !
यति तपाईं बियर पिउँदै हुनुहुन्छ भने सचेत रहनुहोस् !
एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन 
एपिएफलाई हराउँदै नेपाल पुलिस बन्यो कबड्ी च्याम्पियन