दैनिक समाचारदाता
काठमाडौं, ४ पुस ।
अबदेखी जीवन बीमा गर्दा जो सुकैले आफ्नो सम्पत्ति कालोधन नभएको अनिवार्य रुपले प्रमाणित गर्नु पर्ने भएको छ ।
जीवन बीमा गर्दा बीमत स्वयम्ले कालोधन नभएको प्रमाणित गर्नुपर्ने नयाँ व्यवस्था लागू भएको हो । यता १९ वटै बीमा कम्पनीहरुले बीमा गराउँदा बीमित स्वयमबाट सम्पत्ति शुद्धिकरण नियम अनुसारको विवरण भरेर हस्ताक्षर गराउन सुरु गरेको छ ।
बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रावधान केही अघिदेखि नै लागू भएको भएपनि सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरण लेखेर हस्ताक्षर गर्नुपर्ने नियम लागू भने भर्खरै सुरु भएको हो ।
नेशनल लाईफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता तथा जिल्लास्थित सबै शाखा प्रमुखहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी १० पृष्ठ लामो निर्देशिका नै पठाएर कार्यान्वयनमा ल्याएको छ ।
त्यस्तै, एलआईसी इन्स्योरेन्सले पनि बीमिति स्वयम्लाई कालोधन नभएको प्रमाणित गर्नुपर्ने व्यवस्था लागू गरेको छ । नयाँ तथा पुराना गरी १९ वटै जीवन कम्पनीहरुले सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रावधान राखेर बीमित स्वयम्लाई हस्ताक्षर गराउन थालिएको हो ।
बीमितले आफूसँग कालोधन नभएको र कुनै पनि छानविन गर्न चाहेमा आफ्नो मन्जुरी रहेको भन्ने व्यवहोरामा हस्ताक्षर गराउने गरिएको छ ।
त्यस्तै, नेपाल लाईफले पनि कालोधन प्रशोचन हुन नदिन आवश्यक बीमा गर्दा बीमितिलाई नै कालोधन नरहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था लागू गरिसकेको छ ।
बीमा समितिले सम्पत्ति शुद्धिकरण विभागकै अधिकारीहरुलाई सहभागी गराएर गत कार्तिक ७ गते ४० वटै बीमा कम्पनीका जिम्मेवार अधिकारीहरुलाई बोलाएर कालोधन रोक्ने प्रावधान लागू गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिएको इन्स्योरेन्स खबरले जनाएको छ ।
बीमा गराउँदा आफ्नो सम्पत्ति कालोधन नभएको प्रमाणित गर्नुपर्ने
सारांश
- जीवन बीमा गर्दा बीमत स्वयम्ले कालोधन नभएको प्रमाणित गर्नुपर्ने नयाँ व्यवस्था लागू भएको हो ।
- यता १९ वटै बीमा कम्पनीहरुले बीमा गराउँदा बीमित स्वयमबाट सम्पत्ति शुद्धिकरण नियम अनुसारको विवरण भरेर हस्ताक्षर गराउन सुरु गरेको छ ।
- बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रावधान केही अघिदेखि नै लागू भएको भएपनि सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरण लेखेर हस्ताक्षर गर्नुपर्ने नियम लागू भने भर्खरै सुरु भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया