हत्यारा पक्राउ पर्न नसकेको भन्दै स्थानियद्वारा प्रदर्शन

राजविराज राजविराज
|
बुधबार, पौष ४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
हत्यारा पक्राउ पर्न नसकेको भन्दै स्थानियद्वारा प्रदर्शन

सारांश

  •     सोही वडा निवासी शैलेन्द्र मुखियाँसहितको समूहको मिश्रको हत्यामा संलग्नता रहेको भन्दै उनीहरु पक्राउ पर्न नसकेको भन्दै स्थानियहरुले प्रहरी प्रशासन बिरुद्ध प्रदर्शन गरेका हुन् ।
  •     प्रदर्शन अघि स्थानियहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसमक्ष मिश्रको हत्यारालाई पक्राउ गर्न माँग गरेका थिए ।
  •       तिलाठी कोइलाडी गाउँपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ को कार्यालयमा ज्यालादारीमा कार्यरत पाले पर्शुराम मिश्रको हत्या भएको चार दिन बितिसक्दा समेत हत्यारा पक्राउ पर्न नसकेको भन्दै बुधबार स्थानियहरुले राजविराजमा प्रदर्शन गरेका छन् । 
    सोही वडा निवासी शैलेन्द्र मुखियाँसहितको समूहको मिश्रको हत्यामा संलग्नता रहेको भन्दै उनीहरु पक्राउ पर्न नसकेको भन्दै स्थानियहरुले प्रहरी प्रशासन बिरुद्ध प्रदर्शन गरेका हुन् ।
    प्रदर्शन अघि स्थानियहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसमक्ष मिश्रको हत्यारालाई पक्राउ गर्न माँग गरेका थिए ।  
    तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ तिलाठी निवासी २७ वर्षिय पर्शुराम मिश्रलाई शनिबाराती कार्यालयमा डियुटी गरिरहेको बेला बन्चरो प्रहार गरि हत्या गरिएको थियो । 
    गत शनिबार राती लागु औषध गाँजा सेवन गरि मुखिँयासहितका समूहले बन्चरोले घाँटीमा प्रहार गरेपछि मिश्र गम्भिर घाइते भएका थिए । गम्भिर घाइते मिश्रलाई उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएको थियो । तर, सो अस्पतालमा उपचार सम्भव नभएपछि आइतबार बिराटनगर लगिदै गर्दा मिश्रको बाटोमै मृत्यु भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभागिय टिमको वर्चश्वसँगै राष्ट्रिय व्यापी जुडो प्रतियोगिता सम्पन्न
विभागिय टिमको वर्चश्वसँगै राष्ट्रिय व्यापी जुडो प्रतियोगिता सम्पन्न
फरार ८२ कैदीबन्दी पक्राउ
फरार ८२ कैदीबन्दी पक्राउ
बिएमयुद्वारा अभिभावक र शिक्षकहरुसँग भ्रमण गर्ने अपेक्षा 
बिटौरी र ब्लक जग्गाको लालपूर्जासहित विभिन्न सात बुंदे माग राख्दै राजविराज बन्द
बिटौरी र ब्लक जग्गाको लालपूर्जासहित विभिन्न सात बुंदे माग राख्दै राजविराज बन्द
खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी 
महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी 
सवारीसाधनको दुर्घटना र मानवियक्षतिलाई  न्युनिकरण गर्ने जनचेतनामूलक ¥याली
सवारीसाधनको दुर्घटना र मानवियक्षतिलाई  न्युनिकरण गर्ने जनचेतनामूलक ¥याली
सप्तरीमा लिटिल स्टार्स शो २०२६ आयोजना हुने
सप्तरीमा लिटिल स्टार्स शो २०२६ आयोजना हुने
दैनिक दुई उडानको तयारीमा राजविराज विमानस्थल
दैनिक दुई उडानको तयारीमा राजविराज विमानस्थल
२० बुंदे माँग अघि सार्दै मलाह समुदायद्वारा अनिश्चितकालिन रिले अनशनको घोषणा
२० बुंदे माँग अघि सार्दै मलाह समुदायद्वारा अनिश्चितकालिन रिले अनशनको घोषणा