दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण काम सूचारु गराउन आलटाल गरेको भन्दै अविलम्ब काम सुरु गर्नू पर्ने माग राख्दै बुधबार राजविराजमा स्थानीय यूवाहरुले दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी गरेका छन् ।
दुई वर्ष अघि शिलान्यास गरेर पनि अलपत्र छाडिएको प्रतिष्ठानको काम अगाडी बढाउन विगत ४७ दिनदेखी स्थानीयहरुले संघर्ष समिति बनाएर रिले अनसन गरिरहेका छन् । सो अनसनप्रति समर्थन जनाउँदै चार दिनदेखी सप्तरी युथ नेपाल राजविराजमा प्रदर्शन गरिरहेको छ ।
शूरुवाती चरणमा चासो लिए पनि अहिले लामो समय देखि काम रोकिदा वास्ता नगरेको भन्दै प्रतिकात्मक रुपमा दिउँसै र्टच बालेर स्थानीय यूवाहरुले नेता तथा साँसदहरुको खोजी गरेका हुन् ।
सप्तरी यूथ नेपालको अगुवाइमा प्रतिष्ठानको निर्माण कार्य सूरु गर्न माँग राख्दै साताब्यापी संर्घषका कार्यक्रमहरु घोषणा गरिएको छ । घोषित कार्यक्रम अनुसार पहिलो दिन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र, दोश्रो दिन नगरमा प्रर्दशन, तेश्रो दिन सिठ्ठी जुलुश प्रर्दशन गरिसकेका यूवाहरुले चौथो दिन बुधवार यस्तो प्रर्दशन गरेका हुन् ।
स्थानीय राजरंगशालाबाट दिउँसै टर्च बालेर नेता÷साँसद खोज्दै निस्केको यूवाको जुलुस बजार क्षेत्र प्रवेश गरेपछि सडक आसपास उभिएका सर्वसाधारणले ताली बजाएर प्रर्दशनकारीको हौसला बढाएका थिए ।
सप्तरी यूथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितीका संयोजक सत्येन्द्र यादवले प्रतिष्ठान निर्माण स्थल राजविराज १० स्थित विरौलमा चलिरहेको स्थानीयवासीको रिले अनसन प्रति एक्यबद्धता जनाउँदै यूवाहरु आन्दोलनका थप कार्यक्रम सहित अघि बढेको बताए ।
अनशन स्थल पुगेर मन्त्री साँसद तथा विभिन्न दलतका नेताले ढाढस दिने काम त गरे तर उनीहरुले अहिले सम्म केही नगरेकाले दिउँसै टर्च बालेर खोज्न निस्केको उनको भनाई छ ।
यता प्रतिष्ठान निर्माणको काम अविलम्ब सूचारु गराउन माँग राखी स्थानीयवासीद्वारा गठित संर्घष समितीले गत २६ असोज देखि थालेको रिले अनशनलाई ४७ औं दिन बुधवार पनि निरन्तरता दिएका छन् । अनसन स्थल पुगेर विभिन्न दलका नेता, मन्त्री र साँसदले सरकारको ध्यानाकर्षण गराउँदै दवाब दिने प्रतिबद्धता जनाए पनि अहिले सम्म केही नगरेकाले रिले अनसनलाई निरन्तरता दिएको संघर्ष समितीका संयोजक राम कुमार दासको भनाई छ ।
एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्री परिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागी २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो । जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुयल माध्यमबाट शिलान्यास गरेका थिए ।
प्रतिष्ठानको पुर्वाधार तयारी विकास समिती कार्यालयको लागि आर्थिक वर्ष २०७५÷०७६ देखि हालसम्म १६ करोड १० लाख रुपैया बजेट विनियोजन भएको छ । जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैया खर्च हुन नसकेर फिर्ता भएको बताइएको छ । कुल ११ अर्ब ९८ करोड रुँपैयाको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।
दिउँसै टर्च बालेर यूवाहरु नेता, सांसद खोज्दै
सारांश
- दुई वर्ष अघि शिलान्यास गरेर पनि अलपत्र छाडिएको प्रतिष्ठानको काम अगाडी बढाउन विगत ४७ दिनदेखी स्थानीयहरुले संघर्ष समिति बनाएर रिले अनसन गरिरहेका छन् ।
- सो अनसनप्रति समर्थन जनाउँदै चार दिनदेखी सप्तरी युथ नेपाल राजविराजमा प्रदर्शन गरिरहेको छ ।
- शूरुवाती चरणमा चासो लिए पनि अहिले लामो समय देखि काम रोकिदा वास्ता नगरेको भन्दै प्रतिकात्मक रुपमा दिउँसै र्टच बालेर स्थानीय यूवाहरुले नेता तथा साँसदहरुको खोजी गरेका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया