उपप्रमुख मिरा यादव धरौटी तारेखमा रिहा

राजविराज राजविराज
|
मंगलबार, श्रावण ९, २०८०
|
|
४७ पटक हेरिएको
Shares
उपप्रमुख मिरा यादव धरौटी तारेखमा रिहा

सारांश

  •     नागरिकता सम्बन्धी कसुरमा विगत २३ दिन देखी उनी प्रहरी हिरासतमा थिइन् ।
  • थुनछेक बहस भईरहदा मुल ढोका बाहिर आफन्त र सर्मथकको ठूलो भीड जम्मा भएको थियो ।
  • भीडमा एमालेका केन्द्रीय नेता सुमनराज प्याकुरेलदेखि जिल्ला कमिटीका ताराकान्त चौधरी, देवनाथा यादव लगायतका स्थानीय नेता समेत सहभागी थिए ।

दैनिक समाचारदाता
राजविराज, ८ साउन ।

    सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादव एक लाख धरौटीमा रिहा भएकी छिन् । दुई दिन सम्म चलेको लामो थुनछेक बहसपछि सोमवार न्यायाधिश हरिशचन्द्र इङ्गनामको इजलाशले उपप्रमुख यादवलाई १ लाख रुपैया धरौटी र तारेखमा रिहा गर्ने आदेश दिएको हो । 
    नागरिकता सम्बन्धी कसुरमा विगत २३ दिन देखी उनी प्रहरी हिरासतमा थिइन् । थुनछेक बहस भईरहदा मुल ढोका बाहिर आफन्त र सर्मथकको ठूलो भीड जम्मा भएको थियो । भीडमा एमालेका केन्द्रीय नेता सुमनराज प्याकुरेलदेखि जिल्ला कमिटीका ताराकान्त चौधरी, देवनाथा यादव लगायतका स्थानीय नेता समेत सहभागी थिए । 
    उपप्रमुख मिरा विरुद्धका नागरिकता सम्बन्धि कसुर मुदामा जाहेरवालाको तर्फबाट सरकारी वकिल गोकुल निरौलाका साथै अधिवक्ता हेमनारायण चौधरी, सुभाष यादव र पुण्य प्रसाद यादव तथा उपप्रमुख मिराको पक्षबाट अधिवक्ता भरत प्रसाद यादव, राम कुमार यादव, भानू निरौला, हरि प्रसाद यादव, सुरेश सिंह, फुल नारायण यादव लगायतले बहस गरेका थिए । 
    अदालतको फैसला प्रति संचारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिदै उपप्रमुख मिराले अदालतबाट प्रारम्भीक न्याय पाएको बताईन ।
    डाक्नेश्वरी नगरपालिका ३ निवासी कृष्ण कुमार यादवले गत असार १७ गते मिरा विरुद्ध नेपाल र भारतका गरी दुई देशको नागरिकता लिएको भन्दै नागरिकता सम्बन्धि कसुर मुदा दर्ता गराएका थिए । 
    प्रहरीले.उक्त मुदा दर्ता गर्न आलटाल गरे.पछी उनी अदालत पुगेका थिए । उच्च अदालत जनकपुृर–राजविराज इजलाशले उक्त मुदा उपर सुनवाई गर्दैै परमादेश जारी गरेको थियो । त्यस पछी प्रहरीले पक्राउ पुर्जी जारी गरेकाले उप प्रमुख मिरा शक्ती प्रर्दशन सहित जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन । यस अघि अदालतबाट चार पटक म्याद थप गरी २३ दिन उनी थुनामा वसेकी थिइन । मिरा र उनका पति महेन्द्र भारतीय नागरीक भएको भन्दै सोही नगरपालिकाका कृष्णले प्रहरी र अदालतमा उनी विरुद्ध उजुरी पेश गरेका थिए । 
    दुबै जनाले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको उजुरीमा दाबी गरिएको थियो । भारतको निर्वाचन नामावली २०२२ मा बिहार राज्यको क्रम संख्या ६३२ मा महेन्द्र र ६३३ मा मिराको नाम रहेको विवरण सुचीका साथै अनुमण्डलीय न्यायलय निर्मलीमा महेन्द्र र मिराले पेश गरेको शपथ पत्र तथा भारतीय निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेत उजुरी मार्फत पेश गरिएको थियो । 
    सोही मुदाका अर्का आरोपी मिराका श्रीमान महेन्द्र भने अझै फरार छन् । उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
कोशीको बाढीले विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थाल्यो
कोशीको बाढीले विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थाल्यो
सडक निर्माणको माग गर्दै  गाउँपालिका अध्यक्ष बसे धर्नामा 
सडक निर्माणको माग गर्दै  गाउँपालिका अध्यक्ष बसे धर्नामा 
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट  पत्रकार गुप्तासहित तीनजना सम्मानित
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गुप्तासहित तीनजना सम्मानित
कारागारबाट फरार भएका मध्ये ८  कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
कारागारबाट फरार भएका मध्ये ८  कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागी आग्रह
असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागी आग्रह
समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
नवनियुक्त मिडिया काउन्सिल र संचार  प्राधिकरणका अध्यक्षद्वय सम्मानित 
नवनियुक्त मिडिया काउन्सिल र संचार  प्राधिकरणका अध्यक्षद्वय सम्मानित