दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन साह चुनावी अभियानका क्रममा मंगलवार सप्तरी पुगेका छन । उनी जिल्लाको चार वटै निर्वाचन क्षेत्रको प्रमुख बजारमा रोड शो गरेका छन ।
उनी पार्टीको सम्पर्क कार्यालयहरुमा समेत पुगेर पार्टीका तर्फबाट चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवार, स्थानीय नेता÷कार्यकर्ता तथा सर्मथकसंग संक्षिप्त छलफल गरेका छन ।
सर्मथकहरुको सडकमा उर्लेेको भीडका कारण सुरक्षा चुनौती देखिएपछि सेना, सशस्त्र र नेपाल प्रहरी परिचालित भएका थिए । उनी सप्तरी सुदरमुकाम राजविराजका साथै जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा पर्ने फत्तेपृुर, कंचनपुर, भारदह, हनुमाननगर, पातो, बोदेबर्साइन लगायतका प्रमुख बजारमा रोड शो गरेका छन ।
सो क्रममा स्वागतका लागी सडक किनारमा उभिएका सर्वसाधारण हात हल्लाएर स्वागत गरेका थिए ।
उनको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा पुजा पाठ तथा राजविराज स्थित गजेन्द्र चोकमा माल्यार्पण गर्ने कार्यक्रम समेत तय गरिएको थियो । तर भीड तथा सुरक्षा चुनौतीलाई ध्यानमा राखी अन्तिम समयमा सो कार्यक्रम रद्ध गर्नु परेको रास्वपा सप्तरीले जनाएको छ ।
यद्धपी नगरपरिक्रमाका क्रममा उनले गाडी बाटै गजेन्द्रनाराण सिंहको सालिक तर्फ माला उचालेर सम्मान प्रकट गरेका थिए । झापाको क्षेत्र नं. ५ बाट उम्मेदवार समेत रहेका साह आफ्ना उम्मेदवारको पक्षमा माहोल बनाउन अहिले देश दौडहामा छन ।
घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
सारांश
- उनी पार्टीको सम्पर्क कार्यालयहरुमा समेत पुगेर पार्टीका तर्फबाट चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवार, स्थानीय नेता÷कार्यकर्ता तथा सर्मथकसंग संक्षिप्त छलफल गरेका छन ।
- सर्मथकहरुको सडकमा उर्लेेको भीडका कारण सुरक्षा चुनौती देखिएपछि सेना, सशस्त्र र नेपाल प्रहरी परिचालित भएका थिए ।
- उनी सप्तरी सुदरमुकाम राजविराजका साथै जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा पर्ने फत्तेपृुर, कंचनपुर, भारदह, हनुमाननगर, पातो, बोदेबर्साइन लगायतका प्रमुख बजारमा रोड शो गरेका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया