बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव

राजविराज राजविराज
|
मंगलबार, माघ २८, २०७६
|
|
२० पटक हेरिएको
Shares
बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव

सारांश

  •     समसमायिक परिस्थिति बिषयमा सप्तरी सदरमुकाम राजविराजमा आईतवार आयोजित सर्बपक्षिय अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष यादवले मुलुकको बिकाससँगै अधिकार प्राप्तिका लागी सबै दल एक ढिक्का भएमात्र सम्भव हुने बताउनुभयो ।
  •       संबिधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा गएको बताउनुहुँदै अध्यक्ष यादवले सरकार संबिधान संशोधन गर्न तयार नभएपछि सरकारवाट बाहिरिएको बताउनुभयो ।
  •     राजविराज नगरपालिकालाई शैक्षिक केन्द्रको रूपमा बिकास  गर्ने तर्फ अगाडी बढनुपर्नेमा जोड दिनुहुँदै स्थानिय तहका जनप्रतिनिधिहरूले बिकास भन्दा उपभोक्ता समिति बनाउने तर्फ सक्रिय भएकोले उपभोक्ता भन्दा बिकास प्रति सबैले समर्पित हनु आबश्यक रहेको औल्याउनुभयो ।

दैनिक समाचरादाता
राजविराज, २६ माघ ।
    समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले बिकास र सम्बृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।्
    समसमायिक परिस्थिति बिषयमा सप्तरी सदरमुकाम राजविराजमा आईतवार आयोजित सर्बपक्षिय अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष यादवले मुलुकको बिकाससँगै अधिकार प्राप्तिका लागी सबै दल एक ढिक्का भएमात्र सम्भव हुने बताउनुभयो । 
    संबिधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा गएको बताउनुहुँदै अध्यक्ष यादवले सरकार संबिधान संशोधन गर्न तयार नभएपछि सरकारवाट बाहिरिएको बताउनुभयो ।
    राजविराज नगरपालिकालाई शैक्षिक केन्द्रको रूपमा बिकास 
गर्ने तर्फ अगाडी बढनुपर्नेमा जोड दिनुहुँदै स्थानिय तहका जनप्रतिनिधिहरूले बिकास भन्दा उपभोक्ता समिति बनाउने तर्फ सक्रिय भएकोले उपभोक्ता भन्दा बिकास प्रति सबैले समर्पित हनु आबश्यक रहेको औल्याउनुभयो ।
    बिकास भन्दा पहिला सबैले आफनो बिचार, सोच र मानसिकतामा परिवर्तन गरेमा आफै बिकास हुने तर्क गर्नुहुँदै अध्यक्ष यादवले विकास र सम्बृद्धिका लागि सबैको साझा संकल्प हुनु जरुरी छ । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा क्रमिक रूपमा परिवर्तन हुँदै गएकोले अस्पताल चाँडै सुबिधा सम्पन्न हुने योजना भईसकेको बताउनुभयो । 
    रामराजा स्वास्थ बिज्ञान प्रतिष्ठान संचालनका लागि तत्काल ६५ बिगाहा जग्गा प्रर्याप्त रहेकोले उक्त जग्गा स्वास्थ बिज्ञान प्रतिष्ठानको नाममा आएपछि काम अगाडि बढने दाबी समेत उहाँले गर्नुभयो । 
    भारत र कतार सरकारले स्वास्थ बिज्ञान प्रतिष्ठान निमार्ण गर्न खर्बाै लगानी लगाउन गर्न तयार रहेकोले प्रतिष्ठानको नाममा जग्गा आउन बितिकै काम सुरू हुने जानकारी दिनुभयो । जिल्ला सहित नगरको बिकासको लागि व्यापार र उधोग बिना सम्भव नरहेकोले व्यापार, उधोगको बिकास तर्फ स्थानिय निकाय लगानी गर्नुपर्ने बताउनुभयो ।
    भारत सरकारको सहयोगमा निर्माधिण छात्रावासको निर्माण कार्य अगाडि बढाउनु पर्ने बताउनुहुँदै अध्यक्ष यादवले राजविराजको छात्रावासलाई ब्यबस्थित गर्न नरसिंह कलेज निर्माण गर्नु आबश्यक रहेको बताउनुभयो । सप्तरीमा गरिबी, बेरोजगार, कुपोषण वाट ग्रसित समस्याहरूको समाधानका लागी नागरिक सचेतना आबश्यक रहेको उल्लेख गर्नुभयो । 
    समाजवादी पार्टी जिल्ला समन्वय समिति सप्तरीद्वारा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष केदार यादब, राजबिराज नगरपालिका प्रमुख शंभु प्रसाद यादब, प्रदेश समिति सचिव दिनेश कुमार यादब, सदस्य युसुफ अली, किरण साह, राजबिराज नगर समिति अध्यक्ष भिमराज यादब लगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
कसैलाई एक रुँपैया कमिशन नदिन  प्रदेश सभासदस्य सुमनको आग्रह 
कसैलाई एक रुँपैया कमिशन नदिन  प्रदेश सभासदस्य सुमनको आग्रह 
माओवादी केन्द्रको घोषणापत्र सार्वजनिक
माओवादी केन्द्रको घोषणापत्र सार्वजनिक
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
कुटपिट मुद्दामा १८ वर्षपछि फरार प्रतिवादी पक्राउ
कुटपिट मुद्दामा १८ वर्षपछि फरार प्रतिवादी पक्राउ
छिन्नमस्ता गाउँपालिकाद्वारा  सूचना दिन आलटाल
छिन्नमस्ता गाउँपालिकाद्वारा  सूचना दिन आलटाल
निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष साह जसपामा प्रवेश
निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष साह जसपामा प्रवेश
पत्रकार लोकतन्त्रका निस्वार्थ पहरेदार ः मन्त्री थापा
पत्रकार लोकतन्त्रका निस्वार्थ पहरेदार ः मन्त्री थापा