कारागार भित्रै कैदीको मृत्यु बारे आफन्तद्वारा छानबिनको माग गर्दै प्रदर्शन

राजविराज राजविराज
|
सोमबार, माघ २९, २०८०
|
|
६६ पटक हेरिएको
Shares
कारागार भित्रै कैदीको मृत्यु बारे आफन्तद्वारा छानबिनको माग गर्दै प्रदर्शन

सारांश

  •     आइतबार १९ वर्षीय मण्डलको मृत शरीर कारागारको क ब्लकमा रहेको शौचालय भित्र फेला परेको थियो ।
  • घाँटीमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको उनको मृत शरीर तत्कालै आवश्यक प्रक्रिया पश्चात पोस्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएको थियो ।
  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले घटनास्थलको प्रकृति तथा प्रारम्भिक अनुसन्धानले आत्महत्या नै गरेको देखिएको बताए ।

दैनिक समाचारदाता
राजविराज, २९ माघ ।

    राजविराज कारागारको शौचालय भित्र झुण्डिएर मृत्यु भएका हनुमाननगर कंकालीनी नगरपालिका ६ का देवेन्द्र मण्डलका आफन्तले उक्त घटना शंकास्पद र रहस्यमय रहेको भन्दै छानबिनको माग गर्दै सोमबार आफन्तले राजविराजमा प्रदर्शन गरेका छन् । 
    आइतबार १९ वर्षीय मण्डलको मृत शरीर कारागारको क ब्लकमा रहेको शौचालय भित्र फेला परेको थियो । घाँटीमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको उनको मृत शरीर तत्कालै आवश्यक प्रक्रिया पश्चात पोस्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएको थियो ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले घटनास्थलको प्रकृति तथा प्रारम्भिक अनुसन्धानले आत्महत्या नै गरेको देखिएको बताए । यद्यपि पोस्टमार्टम रिपोर्ट आएपछि सो बारे थप विवरण सार्वजनिक गरिने उनको भनाइ छ ।
    कारागारका निमित्त जेलर सदानन्द दासले कुनै केटी साथीको विषयलाई लिएर मण्डल केही दिन यता तनावमा रहँदै आएको आफूले कैदी बन्दीहरूबाट सुनेको बताउँदै केटी साथी को हुन् भन्ने बारे आफूलाई कुनै जानकारी नरहेको उनको भनाइ छ । 
    “शौचालय गएका मण्डल निकै बेरसम्म बाहिर ननिस्केपछि ढोका खोल्ने प्रयास भयो, तर भित्रैबाट चुकुल लागेको बुझिएपछि शंका लागेर प्रहरी र मण्डलका आफन्तलाई खबर ग¥यौ जेलर दासले भने, त्यसपछि सबैको उपस्थितिमा ढोका फोडेर हेर्दा मण्डल झुन्डिएको अवस्थामा फेला परे ।”
    जेलर दासका अनुसार मण्डल गत साउन १३ गते १५ वर्षीय बालिकाको अपहरण तथा बलात्कार गरेको आरोपमा पूर्वपक्षका लागि माघ २१ गतेदेखि राजबिराज कारागारमा थिए ।
    यता मृतकका आफन्तले भने प्रेम सम्बन्धम स्वीकार नगरेका केटीका अभिभावकले अपहरण तथा बलात्कारको झुठो आरोप लगाएर फसाएको तथा षडयन्त्र गरेर कारागार भित्र हत्या गराएको दाबी गरेका छन् । मृतकका आमा अनितादेवी मण्डलका अनुसार देबेन्द्रको सोही वडाकी एक केटीसँग प्रेम सम्बन्ध थियो । प्रेम गहिरो भएपछि उनीहरु भागेर प्रेम विवाह समेत गरेका थिए । तर, केटीका अभिभावकले उक्त प्रेम विवाह अस्वीकार गर्दै प्रहरीमा अपहरण तथा बलात्कारको झुठो उजुरी दिई फसाएको उनको भनार्इं छ । छोरा कारागार चलान भएपछि पनि केटी पटक पटक आफू र छोरालाई कारागारमा समेत गई भेटेको–बोलेको उनले सुनाइन् । 
    यसबारे केटीका अभिभावकले थाहा पाएपछि आफू र छोरालाई डरत्रास र धम्क्याउन थालेपछि छोरा झन तनावमा परेको उनले सुनाईन् । उमेर नपुगि दुबै जनाले प्रेम विवाह गरेकाले कानुनी व्यवस्थाको निहुँमा केटीका अभिभावकले झुठो उजुरी दिएको परिवारजनको दाबी छ । 
    यसैबीच दुई दिनदेखी स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको मण्डलको शव उनका आफन्तको अनुरोध अनुसार सोमबार साँझ पोष्टमार्टमका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ परेका १६ विद्यार्थी रिहा, गुन्जन अझै हिरासतमै
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
सरकारी निकायको चरम लापरवाही, १२ वर्षदेखी नागरिकता प्रमाणपत्र नं. बिना कै नागरिकता प्रयोग हुँदै
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 
सरकारी निर्णय कार्यान्वयन भएन् नाकाहरु अझै संचालनमा आएन 
महिला क्रिकेट छनोट खेलमा खडक बिजयी
महिला क्रिकेट छनोट खेलमा खडक बिजयी
दुई किशोर वेपत्ता
दुई किशोर वेपत्ता
मविव क्याम्पसको स्ववियु अध्यक्षमा रंजित दोहोरिए 
मविव क्याम्पसको स्ववियु अध्यक्षमा रंजित दोहोरिए 
गजेन्द्र बाबुको पुण्यतिथिमा क्रिकेट प्रतियोगिता 
गजेन्द्र बाबुको पुण्यतिथिमा क्रिकेट प्रतियोगिता 
सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय
सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय
राजविराज बसपार्क यथासिघ्र संचालनमा  ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
राजविराज बसपार्क यथासिघ्र संचालनमा  ल्याउने मन्त्री सुमनको प्रतिबद्धता