जागिर छाडेर चुनावी मैदान

राजविराज राजविराज
|
सोमबार, माघ २६, २०८२
|
|
३८ पटक हेरिएको
Shares
जागिर छाडेर चुनावी मैदान

सारांश

  •     विष्णुपुर गाउँपालिका निवासी डा.
  • चमन जिल्लाको सुरुङ्गा नगरपालिकास्थित जनता मावि सिसवारीमा ६ बर्षदेखि शिक्षक पेशामा जागिर गर्दै आएका थिए भने त्यो संगै उनी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा पनि १६ बर्ष देखि आंशिक शिक्षकको रुपमा अध्यापन पेशामा लागेका थिए ।
  • चुनाव लड्नकौ लागि शिक्षण पेशाबाट राजिनामा दिएर उनी चुनावी मैदानमा होमिएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २६ माघ ।

    फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरी क्षेत्र नं. ३ मा नेपाल जनता पार्टीका तर्फबाट डा. सन्तोष कुमार चमन जागिर छोडेर उम्मेदवारी दिएका छन् ।  
    विष्णुपुर गाउँपालिका निवासी डा. चमन जिल्लाको सुरुङ्गा नगरपालिकास्थित जनता मावि सिसवारीमा ६ बर्षदेखि शिक्षक पेशामा जागिर गर्दै आएका थिए भने त्यो संगै उनी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा पनि १६ बर्ष देखि आंशिक शिक्षकको रुपमा अध्यापन पेशामा लागेका थिए । चुनाव लड्नकौ लागि शिक्षण पेशाबाट राजिनामा दिएर उनी चुनावी मैदानमा होमिएका हुन् । 
    लेकतान्त्रिक व्यवस्थामा देशको सबै प्रणाली नै राजनीतिबाट चल्ने हुँदा आफुले सप्तरीको क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएको उनले बताए । पछिल्लो केही बर्ष यता अधिकांश शिक्षित बुद्धिजिवीहरु राजनीतिबाट टाढा बस्ने परिपाटीले समग्र राजनीतिक क्षेत्र नै तनावग्रत बन्दै गएको अवस्थालाई हेरेर आफु शिक्षण पेशा छाडेर राजनीतिमा होमिएको उनको भनाई छ ।
    उच्चस्तरका शिक्षा हाँसिल गरेका व्यक्तिहरु राजनीतिमा लागे मात्रै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा परिवर्तन आउने उनको विश्वास छ ।
    चुनावी प्रतिष्पर्धामा उत्रेका डा. चमन भन्छन्, “जिल्ला विकासको मामिलामा निकै पछाडी परेको छ, शिक्षाको अवस्था पनि निकै नाजुक छ, स्वास्थ्यको अवस्था पनि कसैसामु लुकेको छैन् । यी अवस्थाहरुलाई परिवर्तनका लागि उम्मेदवारी दिएको हुँ ।”
     यस्तै जिल्लाको क्षेत्र नं. २ बाट नेपाल बिद्युत प्राधिकरणको प्रबन्धक पदबाट राजिनामा दिएर कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालबाट ५२ वर्षिय डा. दिपक चौधरी पनि चुनावी मैदानमा छन् । उनले पनि शिक्षित, बुद्धिजिवी, इमान्दार र नैतिकवान व्यक्तिहरुको राजनीतिमा उपस्थिति कमजोर भएकै कारण आफुले जागिर छाडेर उम्मेदवारी दिएको बताए ।
    त्यस्तै क्षेत्र नं. ४ बाट सरकारी जागिर गरेर आएका रास्वपाका उम्मेदवार सिताराम साहले जागिरपछि अव जनताको सेवा गर्ने उद्देश्यले उम्मेदवारी दिएको जनाए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प
कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प
नेपालकै जेष्ठ नागरिक बहरखेरको १ सय ३१ वर्षमा निधन
रामराजा प्रतिष्ठान निर्माणका लागी दवाबमूलक प्रर्दशन 
रामराजा प्रतिष्ठान निर्माणका लागी दवाबमूलक प्रर्दशन 
दुर्घटनामा परेका चौधरीको साथबाट लागुऔषध बरामद
दुर्घटनामा परेका चौधरीको साथबाट लागुऔषध बरामद
महाशिबरात्रीको अवसरमा मुर्ति स्थापनासँगै शिवमन्दिर उद्घाटन
महाशिबरात्रीको अवसरमा मुर्ति स्थापनासँगै शिवमन्दिर उद्घाटन
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
सप्तरीको कृषि क्षेत्रका लागि प्रदेश सरकारद्वारा ३ करोड ७५ लाख अनुदान 
सप्तरीको कृषि क्षेत्रका लागि प्रदेश सरकारद्वारा ३ करोड ७५ लाख अनुदान 
मिनी ट्रकले ठक्कर दिँदा  म्याजिकमा सवार खातुनको मृत्यु
मिनी ट्रकले ठक्कर दिँदा  म्याजिकमा सवार खातुनको मृत्यु

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?