दैनिक समाचारदाता
राजविराज, २६ माघ ।
फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरी क्षेत्र नं. ३ मा नेपाल जनता पार्टीका तर्फबाट डा. सन्तोष कुमार चमन जागिर छोडेर उम्मेदवारी दिएका छन् ।
विष्णुपुर गाउँपालिका निवासी डा. चमन जिल्लाको सुरुङ्गा नगरपालिकास्थित जनता मावि सिसवारीमा ६ बर्षदेखि शिक्षक पेशामा जागिर गर्दै आएका थिए भने त्यो संगै उनी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा पनि १६ बर्ष देखि आंशिक शिक्षकको रुपमा अध्यापन पेशामा लागेका थिए । चुनाव लड्नकौ लागि शिक्षण पेशाबाट राजिनामा दिएर उनी चुनावी मैदानमा होमिएका हुन् ।
लेकतान्त्रिक व्यवस्थामा देशको सबै प्रणाली नै राजनीतिबाट चल्ने हुँदा आफुले सप्तरीको क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएको उनले बताए । पछिल्लो केही बर्ष यता अधिकांश शिक्षित बुद्धिजिवीहरु राजनीतिबाट टाढा बस्ने परिपाटीले समग्र राजनीतिक क्षेत्र नै तनावग्रत बन्दै गएको अवस्थालाई हेरेर आफु शिक्षण पेशा छाडेर राजनीतिमा होमिएको उनको भनाई छ ।
उच्चस्तरका शिक्षा हाँसिल गरेका व्यक्तिहरु राजनीतिमा लागे मात्रै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा परिवर्तन आउने उनको विश्वास छ ।
चुनावी प्रतिष्पर्धामा उत्रेका डा. चमन भन्छन्, “जिल्ला विकासको मामिलामा निकै पछाडी परेको छ, शिक्षाको अवस्था पनि निकै नाजुक छ, स्वास्थ्यको अवस्था पनि कसैसामु लुकेको छैन् । यी अवस्थाहरुलाई परिवर्तनका लागि उम्मेदवारी दिएको हुँ ।”
यस्तै जिल्लाको क्षेत्र नं. २ बाट नेपाल बिद्युत प्राधिकरणको प्रबन्धक पदबाट राजिनामा दिएर कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालबाट ५२ वर्षिय डा. दिपक चौधरी पनि चुनावी मैदानमा छन् । उनले पनि शिक्षित, बुद्धिजिवी, इमान्दार र नैतिकवान व्यक्तिहरुको राजनीतिमा उपस्थिति कमजोर भएकै कारण आफुले जागिर छाडेर उम्मेदवारी दिएको बताए ।
त्यस्तै क्षेत्र नं. ४ बाट सरकारी जागिर गरेर आएका रास्वपाका उम्मेदवार सिताराम साहले जागिरपछि अव जनताको सेवा गर्ने उद्देश्यले उम्मेदवारी दिएको जनाए ।
जागिर छाडेर चुनावी मैदान
सारांश
- विष्णुपुर गाउँपालिका निवासी डा.
- चमन जिल्लाको सुरुङ्गा नगरपालिकास्थित जनता मावि सिसवारीमा ६ बर्षदेखि शिक्षक पेशामा जागिर गर्दै आएका थिए भने त्यो संगै उनी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा पनि १६ बर्ष देखि आंशिक शिक्षकको रुपमा अध्यापन पेशामा लागेका थिए ।
- चुनाव लड्नकौ लागि शिक्षण पेशाबाट राजिनामा दिएर उनी चुनावी मैदानमा होमिएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया