दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
पुस २७ गतेदेखी काठमाडौंमा आयोजना हुने २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारत्तोलन प्रतियोगितामा सहभागि हुन गएका सप्तरीका खेलाडीहरुलाई आईतवार विदाई गरिएको छ ।
भारत्तोलन संघ सप्तरीले पुष २७ देखी पुष २९ सम्म आयोजना हुने उक्त प्रतियोगिताका लागी छनौट भएका एक जना पुरुष तथा सात जना महिला खेलाडीलाई एक कार्यक्रमबीच विदाई गरेको हो ।
सो अवसरमा भारत्तोलनका सहायक प्रशिक्षक पुन्तीलाल यादवले उक्त प्रतियोगीतामा सप्तरीका खेलाडीले विभिन्न आठ तौल समुहमा प्रतिस्पर्धा गर्ने र कम्तिमा चार स्वर्ण पदक जित्ने दाबी गरे । उनले प्रतियोगितामा मुलुकै सबभन्दा कान्छी खेलाडीको रुपमा सप्तरीबाट १३ वर्षिया अन्जली यादव र अम्बिका यादव सहभागी हुन लागेको जानकारी पनि दिए ।
विदाईका अवसरमा राजविराज ७ निवासी खेल प्रेमि एवं समाजसेवी त्रिलोक प्रसाद उपाध्यायले ब्यक्तmीगत रुपमा खेलाडीहरुलाई ट्रयाकसुट प्रदान गरेका थिए ।
भारत्तोलन संघ सप्तरीका अध्यक्ष एवं केन्द्रिय सदस्य महेश यादवले खेलाडीहरुलाई विदाई गर्दै अनुशासन र नियमको पालना गर्दै अघि बढ्न सुझाव दिए । विदाई समरोहमा संघका सचिव गोपाल प्रसाद गुप्ता, सल्लाहकार नवीन कुमार गुप्ता, खेलकुद पत्रकार मंचका अध्यक्ष मनोज कुमार माझी लगायतले शुभकामना दिएका थिए ।
प्रतियोगितामा तीन विभागीय टोलीका साथै देशभरका २ सय ४५ भन्दा बढी खेलाडी र अफिसियलको सभागिता रहने भारत्तोलन संघले जनाएको छ ।
भारत्तोलनका खेलाडीहरुको विदाई
सारांश
- भारत्तोलन संघ सप्तरीले पुष २७ देखी पुष २९ सम्म आयोजना हुने उक्त प्रतियोगिताका लागी छनौट भएका एक जना पुरुष तथा सात जना महिला खेलाडीलाई एक कार्यक्रमबीच विदाई गरेको हो ।
- सो अवसरमा भारत्तोलनका सहायक प्रशिक्षक पुन्तीलाल यादवले उक्त प्रतियोगीतामा सप्तरीका खेलाडीले विभिन्न आठ तौल समुहमा प्रतिस्पर्धा गर्ने र कम्तिमा चार स्वर्ण पदक जित्ने दाबी गरे ।
- उनले प्रतियोगितामा मुलुकै सबभन्दा कान्छी खेलाडीको रुपमा सप्तरीबाट १३ वर्षिया अन्जली यादव र अम्बिका यादव सहभागी हुन लागेको जानकारी पनि दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया