दैनिक समाचारदाता
राजविराज, ३२ जेठ ।
सप्तरीमा आइतबार १० जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै सप्तरीमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ सय ४८ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार आइतबार जिल्लाको बोदेबसाईन नगरपालिकामा एक महिलासहित ८ र खड्क नगरपालिकाबाट २ जना संक्रमित फेला परेका हुन् ।
कोरोनाबाट जिल्लामा २१ जना निको समेत भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिदै कोरोना संक्रमित सबैको राजविराजस्थित साईकृष्णा अस्पतालको आइसोलेशन केन्द्रमा उपचार भइरहेको उनले बताए ।
जिल्लामा हालसम्म भेटिएका १ सय ४८ संक्रमित मध्ये हालसम्म २१ जना डिस्चार्ज भएपछि अब १ सय २७ जना संक्रमित आइसोलेशनमा रहेका छन् ।
यता आइतबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ भने निको हुनेको संख्या ९ सय ७४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सप्तरीमा १० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय ४८ पुग्यो
सारांश
- जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार आइतबार जिल्लाको बोदेबसाईन नगरपालिकामा एक महिलासहित ८ र खड्क नगरपालिकाबाट २ जना संक्रमित फेला परेका हुन् ।
- कोरोनाबाट जिल्लामा २१ जना निको समेत भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिदै कोरोना संक्रमित सबैको राजविराजस्थित साईकृष्णा अस्पतालको आइसोलेशन केन्द्रमा उपचार भइरहेको उनले बताए ।
- जिल्लामा हालसम्म भेटिएका १ सय ४८ संक्रमित मध्ये हालसम्म २१ जना डिस्चार्ज भएपछि अब १ सय २७ जना संक्रमित आइसोलेशनमा रहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया