राजविराज÷सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा निकट भविष्यमै सनराइज बैंकको शाखा बिस्तार गर्ने सम्बन्धमा शनिबार अन्तरक्रिया सम्पन्न गरिएको छ ।
“स्वास्थ्य तथा दुर्घटना बिमा र इलेक्ट्रोनिक बैंकिङ सुविधा” सम्बन्धमा जानकारी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
बैंकले हरेक बचत खाताको बचतकर्तालाई डबल सुरक्षा प्रदान गर्न ल्याएको स्वास्थ्य बिमा, दुर्घटना बिमा र अन्य सेवा बारे अन्तरक्रियामा सहभागिहरुले राखेको जिज्ञासाको जवाफ दिँदै सनराइज बैंक राजविराज शाखाका प्रबन्धक रोहित महासेठले योजनामा सहभागि भई लाभ उठाउन आग्रह गरेका छन् ।
जनप्रतिनिधि, शिक्षक, बुद्धिजिवि, उद्योगि व्यवसायी र स्थानियवासीको उल्लेख्यीय सहभागितामा हनुमाननगर कंकालिनि नगरपालिका कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा बैंकका शाखा संचालन विभागकी प्रमुख कंचन जोशी, बैंकका राजविराज प्रबन्धक रोहित महासेठ र सहायक दिपेश कुमार साहले बैंकले प्रदान गर्ने सेवा सुविधा र इलेक्ट्रोनिक बैंकिङ्ग प्रणाली बारे सविस्तार जानकारी गराएका थिए ।
हनुमाननगर कंकालिनि नगरपालिकाका प्रमुख शैलेश कुमार साहले स्थापनाको छोटो अवधीमै नाम कमाउन र विश्वसनियता जमाउन सफल सनराइज बैंक स्थापना भए यस नगरका बासिन्दालाई मद्दत पुग्ने विश्वास व्यक्त गरे । सरकारले अंगिकार गरेको समृद्ध नेपाल निर्माण गर्न संस्थागत पूँजीको आवश्यकता पर्ने भएकाले त्यसलाई सहयोग गर्न सनराइज बैंक सफल हुने उनको भनाई थियो ।
बैंक संचालन सम्बन्धी हनुमाननगरमा अन्तरक्रिया सम्पन्न
सारांश
- जनप्रतिनिधि, शिक्षक, बुद्धिजिवि, उद्योगि व्यवसायी र स्थानियवासीको उल्लेख्यीय सहभागितामा हनुमाननगर कंकालिनि नगरपालिका कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा बैंकका शाखा संचालन विभागकी प्रमुख कंचन जोशी, बैंकका राजविराज प्रबन्धक रोहित महासेठ र सहायक दिपेश कुमार साहले बैंकले प्रदान गर्ने सेवा सुविधा र इलेक्ट्रोनिक बैंकिङ्ग प्रणाली बारे सविस्तार जानकारी गराएका थिए ।
- हनुमाननगर कंकालिनि नगरपालिकाका प्रमुख शैलेश कुमार साहले स्थापनाको छोटो अवधीमै नाम कमाउन र विश्वसनियता जमाउन सफल सनराइज बैंक स्थापना भए यस नगरका बासिन्दालाई मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
- सरकारले अंगिकार गरेको समृद्ध नेपाल निर्माण गर्न संस्थागत पूँजीको आवश्यकता पर्ने भएकाले त्यसलाई सहयोग गर्न सनराइज बैंक सफल हुने उनको भनाई थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया