सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  

राजविराज राजविराज
|
शनिबार, पौष २८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  

सारांश

  •     प्रदेशको समृद्विका लागी चाडै सहकारीहरूसँग समन्वय गरि सहकारी ऐन बन्ने बिश्वास ब्यक्त गर्दै मन्त्री साहले प्रदेशको समृद्विको लागि सहकारीमय बनाउने प्रतिबद्धता जनाए ।
  •     सहकारी ऐन २०७४ मा केही ब्यवहारिक कठिनाई भएपनि प्रदेश ऐनमा बनाउदा सहकारीकर्मीहरूसँग छलफल गरि सहकारीको समृद्वि तथा सहकारीमय बनाउन सक्दो पहल गर्ने बताए ।
  •     सो अवसरमा प्रदेश सासंद मनिष कुमार सुमनले जनमुखी सहकारी संस्थाले थोरै लगानीबाट करोडौको कारोबारतर्फ उन्मूख हुँदै गएकोले सानो पुँजी भएका ब्यापारीहरूका लागि संस्था फलदायक साबित भएकोमा प्रशंसा गरे ।

   राजविराज÷प्रदेश २ का भुमी, ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारीहरुले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिएका छन् ।
    जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राजबिराजको शनिबार १७ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री साहले सहकारीको माध्यमबाटै समाजको बिकास हुने भएकोले अब उत्पादनशिल क्षेत्रमा समेत लगानी गर्ने पर्ने आवश्यकता रहेको बताए । 


    सहकारीले समाज परिवर्तनमा उल्लेख्यीय भूमिका खेलेकोले यसलाई बिस्तार गर्न अझ लगानी गर्नुपर्ने भन्दै मन्त्री साहले सरकारी, नीजि तथा सहकारी क्षेत्र मिलेर अगाडी बढ्नु पर्ने जिकिर गरे । उनले मुलुकको आर्थिक बिकासका साथ साथै सामाजिक विकास समेत सहकारीकै माध्यमबाट हुन सक्ने बताए । 
    प्रदेशको समृद्विका लागी चाडै सहकारीहरूसँग समन्वय गरि सहकारी ऐन बन्ने बिश्वास ब्यक्त गर्दै मन्त्री साहले प्रदेशको समृद्विको लागि सहकारीमय बनाउने प्रतिबद्धता जनाए ।
    सहकारी ऐन २०७४ मा केही ब्यवहारिक कठिनाई भएपनि प्रदेश ऐनमा बनाउदा सहकारीकर्मीहरूसँग छलफल गरि सहकारीको समृद्वि तथा सहकारीमय बनाउन सक्दो पहल गर्ने बताए ।
    सो अवसरमा प्रदेश सासंद मनिष कुमार सुमनले जनमुखी सहकारी संस्थाले थोरै लगानीबाट करोडौको कारोबारतर्फ उन्मूख हुँदै गएकोले सानो पुँजी भएका ब्यापारीहरूका लागि संस्था फलदायक साबित भएकोमा प्रशंसा गरे । 
    राजपा नेपालका महासचिव समेत रहेका सुमनले सहकारी आन्दोलनबाट नै समाजको परिवर्तन हुने भएकोले आर्थिक रूपमा समाज समृद्वि बनाउन सहकारीले ठूलो भुमिका खेलेको उल्लेख गरे ।
    सो अवसरमा जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सचिन्द्र दासले आ.व ०७४÷०७५ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सदस्यको आर्थिक, सामाजिक तथा सांस्कृतिक हित अनुकुल बचत, श्रृण, रेमिटान्स, ब्यावसायिक कृषि उन्मुख तथा समाजिक सचेतनाका क्रियाकलापहरू संचालन गर्दै आएको बताए ।
    सो सभामा संस्थाका अध्यक्ष सचिन्द्र दासले मन्त्री साह, सहकारी बैंकका नवनिर्वाचित संचालक समिति सदस्य विश्वनाथ मण्डललगायतलाई दोसल्ला ओढाएर तथा मायाको चिनो प्रदान गरेर सम्मानित गरेका थिए । 
    आयोजित साधारण सभामा सहकारी बैंकका नवनिर्वाचित संचालक समिति सदस्य बिश्वनाथ मण्डल, जिल्ला सहकारी संघका अध्यक्ष बिनोद दत्त, सहकारी बैंक शाखा सप्तरीका प्रमुख बिष्णु पराजुली लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए भने स्वागत मन्तव्य शेयर सदस्य देब नारायण चौधरीले गरेका थिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?