स्वच्छताका लागि व्यवहार परिवर्तन कार्यक्रम लोकप्रिय बन्दै

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २६, २०७७
|
|
३७ पटक हेरिएको
Shares
स्वच्छताका लागि व्यवहार परिवर्तन कार्यक्रम लोकप्रिय बन्दै

सारांश

  •     कोरोना अर्थात कोभिड–१९ को असर विश्वब्यापीरुप देखि स्थानीय स्तरसम्म आउँदा यसबाट कसरी बच्ने र आफन्त छिमेकीलाई पनि कसरी बचाउने भन्ने सामान्य ज्ञान पनि नभएर त्रासमा बस्न बाध्य स्थानीयवासिन्दा अहिले कोरोना जोखिमबाट बच्ने सवै उपाय सिकेका मात्र छैनन् ।
  • व्यवहारमा लागु गर्दै आफन्त, छिमेकीदेखि वस्तीलाई नै सचेत गराउन सक्षम भएका छन् ।
  •     कोभिड–१९को जोखिमलाई ध्यानमा राख्दै कोशी पीडित समाज र अक्सफाम नेपालको संयुक्त साझेदारीमा विगत १० महिनादेखी ती स्थानीय तहको वडा वडामा स्वच्छताका लागी ब्यवहार परिवर्तन परियोजना घनिभुत रुपमा संचालनमा ल्याइएपछि सो क्षेत्रका बासिन्दा सक्षम भएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
    सप्तरीको तिरहुत गाँउपालिका र कंचनरुप नगरपालिकाका गरिब, दलित, विपन्न र पिछडिएका अशिक्षित समुदाय अहिले जागरुक बन्दै गएका छन् ।  
    कोरोना अर्थात कोभिड–१९ को असर विश्वब्यापीरुप देखि स्थानीय स्तरसम्म आउँदा यसबाट कसरी बच्ने र आफन्त छिमेकीलाई पनि कसरी बचाउने भन्ने सामान्य ज्ञान पनि नभएर त्रासमा बस्न बाध्य स्थानीयवासिन्दा अहिले कोरोना जोखिमबाट बच्ने सवै उपाय सिकेका मात्र छैनन् । व्यवहारमा लागु गर्दै आफन्त, छिमेकीदेखि वस्तीलाई नै सचेत गराउन सक्षम भएका छन् ।
    कोभिड–१९को जोखिमलाई ध्यानमा राख्दै कोशी पीडित समाज र अक्सफाम नेपालको संयुक्त साझेदारीमा विगत १० महिनादेखी ती स्थानीय तहको वडा वडामा स्वच्छताका लागी ब्यवहार परिवर्तन परियोजना घनिभुत रुपमा संचालनमा ल्याइएपछि सो क्षेत्रका बासिन्दा सक्षम भएका हुन् ।
    तालिमको माध्यमले सीप र सचेतना मात्र होईन, लक्षित समुदायलाई कोरोनाबाट लड्न विभिन्न सुरक्षा सामाग्री समेत उपलब्ध गराइएपछि यसको सदुपयोग गर्दै स्थानीय हजारौं वासिन्दा लाभान्वित भएका छन् ।
    कोरोनाको त्रासमा बाचेकाहरुको टुट्दै गएको मनोबल र मनोविज्ञान बुझ्दै संस्थाले वस्ती वस्तीमा पुगेर मनोविज्ञ मार्पmत मनोसामाजिक परार्मश तथा वास्तविक जीवनको सिकाई लगायतका कक्षा पनि संचालन गर्दा कार्यक्रम झन उपयोगी बनेको स्थानियवासी सुनितादेवी साहको भनाई छ ।  
    उक्त कक्षा संचालनमा आएपछी कोरोनाको त्रासका कारण मानसिक पीडामा रहेका स्थानीयको पीडा कम हुँदै गई जनजिवन सामान्यतर्फ उन्मुख भएको मनोसमाजिक परामर्शदाता एवं सहजकर्ता सुमन गुप्ताको भनाइ छ । 
    युकेऐड र युनिलिभरको सहयोगमा उक्त परियोजना हाल सप्तरीको तिरहुत गाउँपालिकाको वडा १, २, ३, ४ र ५ का १ हजार परिवार तथा कंचनरुप नगरपालिकाको वडा १, २, ४, ५, ७, ९ र १० का १ हजार ५ सय परिवार प्रत्यक्ष लाभाविन्त भएको वडा अध्यक्ष मेहदी हुसैन बताउछन् ।
    संस्थाले परियोजना अन्र्तगत आमाका चमत्कारी हातहरु, वास्तविक जीवनको सिकाइ, समुदायमा पुरुष संलग्नता, हात धुने अभ्यास, हेल्पडेस्कको स्थापना, चित्रकला प्रर्दशनी र प्रतियोगिता, लैगिंक सचेतना, सडक नाटक लगायतका सचेतनामुलक कार्यक्रमका साथै रेडियो, टिभी, पत्रपत्रिका र पर्चा पम्प्लेट मार्फत समेत ब्यवहारमा परिवर्तनको वातावरण सहज बनाउने काम गरिरहेको छ । 
    सबैको सकारात्मक सहयोग र उत्साहजनक सहभागिताले लक्षित समुदायमा प्रभावकारी ढंगले  काम गर्न सफलता मिलेको परियोजना आयोजक संस्थाका कार्यकारी निर्देशक देव नारायण यादवको भनाई छ । 
    उक्त कार्यक्रमले कोरोना सिर्जीत विपद्को समयमा त्रासबाट मुक्ती, आनीवानीमा सुधार एवं ब्यवहार परिवर्तनमा पनि उल्लेख्नीय योगदान गरेको छ । मुख्यत आमा, महिलाहरुमा सिक्ने र जान्ने अवसरका साथै लैगिक सचेतना र घरायसी कामकाजमा पुरुषको सहभागिता र कामकाज वाँडफाडको चेतनाको विकास समेत गराएको देखिएको भन्दै स्थानिय बुद्धिजिविले यस्ता कार्यक्रमलाई अन्य स्थानिय तहहरुमा बिस्तार गर्नुपर्ने जोड दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उचित सिचाईको व्यवस्था र वर्षा  नहुँदा चैते धान रोपाई प्रभावित
उचित सिचाईको व्यवस्था र वर्षा  नहुँदा चैते धान रोपाई प्रभावित
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
जुवातास खेलिरहेका एक दर्जन व्यक्ति पक्राउ
जुवातास खेलिरहेका एक दर्जन व्यक्ति पक्राउ
महोत्सवको अनुमति खारेजीको माग गर्दै प्रदर्शन
महोत्सवको अनुमति खारेजीको माग गर्दै प्रदर्शन
भन्सार छलेर ल्याइएको सामान भण्डारण स्थलबाट बरामद
भन्सार छलेर ल्याइएको सामान भण्डारण स्थलबाट बरामद
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
३५ प्रतिशत उद्योगि ब्यवसायीका  सटरहरु बन्द ः केन्द्रिय सदस्य प्रधान
३५ प्रतिशत उद्योगि ब्यवसायीका  सटरहरु बन्द ः केन्द्रिय सदस्य प्रधान
जसपाद्वारा नागरिकता विधेयक विरुद्घ प्रदर्शन
जसपाद्वारा नागरिकता विधेयक विरुद्घ प्रदर्शन
विपद् व्यवस्थापन समितिद्वारा चिम्टी अग्निपीडितलाई नगद प्रदान
विपद् व्यवस्थापन समितिद्वारा चिम्टी अग्निपीडितलाई नगद प्रदान
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु