दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित राजेन्द्र देवकी माविमा शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरि ५९औं राष्ट्रिय बाल दिवस मनाइएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका, सेभ द सप्तरी, सेभ द चिल्ड्रेनको सहयोग तथा दलान युवा क्लबको समन्वयमा बाल क्लब सञ्जालले विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।
उक्त अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य एवम् अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंहले बाल क्लबको कारण समाजमा रहेका कतिपय गलत कार्यहरुमा न्युनीकरण भएको बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले बालबालिकाको हकहितका लागि गाउँपालिका सदैव तत्पर रहेको र उनीहरुको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रमहरु ल्याएको जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षद्वय मुनीलाल मुखिया र सत्यनारायण यादव, गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झा, राजेन्द्र देवकी माविका प्रधानाध्यापक दीपेन्द्र झासहितकाले बाल दिवसको अवसरमा शुभकामना ब्यक्त गरे ।
तिलाठी कोइलाडीमा मनाइयो बाल दिवस
सारांश
- तिलाठी कोइलाडी गाउँपालिका, सेभ द सप्तरी, सेभ द चिल्ड्रेनको सहयोग तथा दलान युवा क्लबको समन्वयमा बाल क्लब सञ्जालले विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।
- उक्त अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य एवम् अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंहले बाल क्लबको कारण समाजमा रहेका कतिपय गलत कार्यहरुमा न्युनीकरण भएको बताए ।
- कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले बालबालिकाको हकहितका लागि गाउँपालिका सदैव तत्पर रहेको र उनीहरुको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रमहरु ल्याएको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया