दैनिक समाचारदाता
राजविराज, २ असोज ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ मा एक १७ वर्षिया किशोरीमाथी भएको बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरी दुई जनालाई पक्राउ गरेको छ ।
यसअघि प्रहरीले पंचायतिमा रकमको प्रलोभन देखाई बलात्कार जस्तो घटना दबाउने खालको निर्णयमा सहभागि स्थानिय सत्यनारायण मण्डल, बासुदेव मण्डल र जयकान्त मण्डललगायत तीन जना पंचलाई पक्राउ गरिसकेको छ ।
बलात्कारमा संलग्न रहेको आरोपमा सोही ठाउँ निवासी १८ वर्षिय बब्लु भन्ने सुमन कुमार मण्डल र २० वर्षिय रंजित भन्ने सरोज कुमार मण्डल पक्राउ परेका हुन् ।
उनीहरुलाई भारतीय सीमासँग जोडिएको छिमेकी गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता फरार रहेका चार जना मध्ये दुई जना सहयोगी अझै फरार रहेका छन् ।
गत भदौं २९ गते धान खेतमा पानीको अवस्था हेर्न गएकी १७ वर्षिया संगिता मण्डलमाथी गाउँकै चार जनाले सामूहिक बलात्कार गरेको पीडित बालिकाकी आमा रधियादेबी मण्डलले बताएपछि गाउँमा भदौं ३० गते पंचायति बसेको थियो ।
पंचायतिमा गाउँका केही अगुवाहरुले ५५ हजार रुँपैया नगद लिएर घटना मिलापत्र गर्न दबाब दिएपछि त्यही पीडाबाट बिक्षिप्त बनेकी संगिता त्यसको भोलिपल्ट घरमै झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
यता संगिताको शवको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार पोष्टमार्टम सकिएपनि रिपोर्ट भने अझै प्राप्त भइनसकेको डिएसपी भारतीले जानकारी दिएका छन् ।
संगिता बलात्कार तथा आत्महत्या प्रकरणमा दुई मुख्य आरोपी पक्राउ
सारांश
- यसअघि प्रहरीले पंचायतिमा रकमको प्रलोभन देखाई बलात्कार जस्तो घटना दबाउने खालको निर्णयमा सहभागि स्थानिय सत्यनारायण मण्डल, बासुदेव मण्डल र जयकान्त मण्डललगायत तीन जना पंचलाई पक्राउ गरिसकेको छ ।
- बलात्कारमा संलग्न रहेको आरोपमा सोही ठाउँ निवासी १८ वर्षिय बब्लु भन्ने सुमन कुमार मण्डल र २० वर्षिय रंजित भन्ने सरोज कुमार मण्डल पक्राउ परेका हुन् ।
- उनीहरुलाई भारतीय सीमासँग जोडिएको छिमेकी गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया