दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका नवनियुक्त क्याम्पस प्रमुख डा. सुशिल चन्द्र कर्णले क्याम्पसमा विद्यमान रहेको विभिन्न चुनौतीलाई चिर्दै त्यसलाई अवसरमा परिणत गर्ने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार क्याम्पस प्रशासनले आयोजना गरेको पदभार तथा स्वागत समारोहमा संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
क्याम्पसको शैक्षिक स्तर तथा अन्य सुधार एकै पटक हुन नसक्ने बताउँदै क्याम्पस प्रमुख डा. कर्णले त्यसका निम्ति महिनामा एक प्रतिशत गर्दै वर्ष १२ प्रतिशत तथा चार वर्षमा ४८ प्रतिशत परिवर्तन गर्नेतर्फ आफू अगाडी बढ्ने आफ्नो योजना रहेको सुनाए ।
क्याम्पस प्रमुख डा. कर्णले कानुन संकायतर्फ ८ सय विद्यार्थीमा एक जना प्राध्यापक, व्यवस्थापन संकायतर्फ तीन जना प्राध्यापकमा कक्षा संचालन गर्नु पर्ने बाध्यता रहेको लाचारी पनि सुनाए ।
क्याम्पसमा निकै चुनौती रहेको भन्दै क्याम्पस प्रमुख डा. कर्णले त्रिविको नियम अनुसार नियमित कक्षा संचालनका लागि आवश्यक पहल गर्ने बताए । उनले क्याम्पसको शैक्षिक वातावरणका लागि सहयोगि हातहरु, विद्यार्थी, शिक्षक, राजनीतिक दल लगायतले पनि सहयोग गर्नु पर्ने जिकिर गरे ।
कक्षा नियमित संचालनका लागि विद्यार्थीहरुका साथ साथै प्राध्यापक र अध्यापक समेत जिम्मेवार बन्नु पर्नेमा जोड दिँदै प्राध्यापकको पदपूर्तीका लागि त्रिविसँग सहकार्य गरेर प्रक्रिया अनुसार करार र करारबाट स्थायी गर्नेतर्फ आफू लाग्ने सुनाए ।
यसअघि नवनियुक्त क्याम्पस प्रमुखलाई पूर्वक्याम्पस प्रमुख अमरकान्त झा, डा. सर्वेशचन्द्र मिश्र, लुम्विनी विश्वविद्यालयका पुर्व रजिष्ट्रार डा. पिताम्बरलाल यादव, अवकाश प्राप्त प्राध्यापक अवधकिशोर सिंह, प्राध्यापक संघका सभापति पुष्पेन्द्र झा, डा. सूर्या यादव, स्ववियु अध्यक्ष रंजित कुमार यादवसहित क्याम्पसका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुले अविर र फुलमाला लगाएर स्वागत गरेका थिए ।
चुनौतीलाई चिर्दै अवसरमा परिणत गर्नेछु ः नवनियुक्त क्याम्पस प्रमुख डा. कर्ण
सारांश
- मंगलबार क्याम्पस प्रशासनले आयोजना गरेको पदभार तथा स्वागत समारोहमा संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
- क्याम्पसको शैक्षिक स्तर तथा अन्य सुधार एकै पटक हुन नसक्ने बताउँदै क्याम्पस प्रमुख डा.
- कर्णले त्यसका निम्ति महिनामा एक प्रतिशत गर्दै वर्ष १२ प्रतिशत तथा चार वर्षमा ४८ प्रतिशत परिवर्तन गर्नेतर्फ आफू अगाडी बढ्ने आफ्नो योजना रहेको सुनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया