खडक बालविवाह मुक्त पालिका 

राजविराज राजविराज
|
शुक्रबार, पौष १३, २०८०
|
|
४१ पटक हेरिएको
Shares
खडक बालविवाह मुक्त पालिका 

सारांश

  •     मधेश प्रदेशका शिक्षा एवं सँस्कृति मन्त्री महेश प्रसाद यादवले शुक्रबार आयोजित एक समारोहबीच खडक नगरपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गरेका हुन् ।
  •       कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री महेश यादवले बालविवाह मुक्त पालिका घोषणा लेखिएको ब्यानर अनावरण गरेर खडक नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका घोषणा गरे ।
  •       नगरपालिकाका मेयर जयप्रकाश चौधरीले बालविवाह मुक्त पालिका घोषणा गर्न नगरका सबै ११ वटै वडामा गरिएका विभिन्न कार्यक्रम र अभियानका क्रममा स्पष्ट सूचक प्राप्त भएकाले त्यसैकै आधारमा यस्तो घोषणा गरिएको बताए ।

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 

    सप्तरीको खडक नगरपालिकालाई शुक्रबार बालविवाह मुक्त पालिका घोषणा गरिएको छ । बालविवाह मुक्त घोषणा हुने खडक जिल्ला तथा मधेश प्रदेशकै दोश्रो पालिका हो । यसअघि सप्तरीको सुरुङ्गा नगरपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गरिएको थियो । 
    मधेश प्रदेशका शिक्षा एवं सँस्कृति मन्त्री महेश प्रसाद यादवले शुक्रबार आयोजित एक समारोहबीच खडक नगरपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गरेका हुन् । 
    कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री महेश यादवले बालविवाह मुक्त पालिका घोषणा लेखिएको ब्यानर अनावरण गरेर खडक नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका घोषणा गरे । 
    नगरपालिकाका मेयर जयप्रकाश चौधरीले बालविवाह मुक्त पालिका घोषणा गर्न नगरका सबै ११ वटै वडामा गरिएका विभिन्न कार्यक्रम र अभियानका क्रममा स्पष्ट सूचक प्राप्त भएकाले त्यसैकै आधारमा यस्तो घोषणा गरिएको बताए । 
    सो अवसरमा मन्त्री यादवले सप्तरी आफ्नो गृहजिल्ला समेत भएको तथा प्रदेशमै बालविवाह मुक्त घोषणा हुने पहिलो र दोश्रो दुबै पालिका सप्तरीकै हुनु आफ्नो लागि पनि गर्वको विषय भएको बताए । उनले भविष्यमा सप्तरी बालविवाह मुक्त पहिलो जिल्ला बन्न समेत सफल होस् भन्ने शुभकामना दिए । उनले आफू मधेश प्रदेशलाई नै बालविवाह मुक्त प्रदेश बनाउन चाहेको र यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए । 
    मेयर जयप्रकाश चौधरीले यसअघि नगरभित्रका ४१ सामुदायिक विद्यालय, १६ वटा आमा समूह, ११ वटा स्वास्थ्य चौकी, ३ वटा कृषक समूह र ५० वटा बालक्लब तथा नगर संजालले आ–आफ्नो स्थानबाट बालविवाह बिरुद्धको चेतनामूलक कार्यक्रमहरु अभियानकै रुपमा संचालन गरेको बताए । 
    यस्तै पालिकामा बसोवास गर्दै आएका विभिन्न समुदायका प्रतिनिधी तथा अभिभावक समेतले सन्तानको २० वर्ष नपुगि विवाह नगर्ने गराउने, कतै भए रोक्ने र बहिष्कार गर्ने लगायतका प्रतिबद्धता समेत गरेको उनले बताए । 
    उक्त पालिकामा ९ हजार ४ सय ३२ घरधूरी रहेको छ । प्रत्येक घरधुरीमा घरदैलो कार्यक्रम मार्फत समेत सचेतना कार्यक्रम गरिएको अभियानका सहयोगि संस्था सबल नेपालका सिनियर म्यानेजर अशोक साहले बताए । 
    घोषणा सभामा प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले बालविवाह मुक्त नगगरपालिका घोषणा प्रतिवेदन २०८० प्रस्तुत गरे । घोषणासभाको बीचबीचमा विभिन्न विद्यालयका बालबालिकाहरुद्वारा सचेतनामूलक नृत्य, गित तथा नाटक प्रस्तु गरिएको थियो । 
    खडक नगरपालिकाले २०८० साल भित्र बालबाविवाह मुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ सबल नेपाल र सेभ द चिल्ड्रेनको सकार्यमा विभिन्न कार्यक्रमहरु संचालन गर्नुका साथै ११ वटै वडामा बालविवाह बिरुद्धको बृहत अभियान नै संचालन गरेको थियो । 
    नगर प्रमुख चौधरीको अध्यक्षतामा आयोजित घोषणा सभामा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, नगर बाल संजालकी अध्यक्ष मन्जुला कुमारी साह, सेभ द चिल्ड्रेन मधेश प्रदेशका प्रमुख धन भुषाल, सबल नेपाल सप्तरीका अध्यक्ष जुना गिरी, पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, सुरुङ्गा नगरपालिकाका मेयर गिता चौधरी लगायतले बधाई तथा घोषणाको सफल कार्यान्वयनका लागि शुभकामना दिएका थिए ।     

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
सहकारीलाई बैंकहरुसँग प्रतिष्पर्धा  गर्न तयार रहन आग्रह
सहकारीलाई बैंकहरुसँग प्रतिष्पर्धा  गर्न तयार रहन आग्रह
बजेटमा माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित
बजेटमा माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित
संस्कृति ज्ञान परिक्षामा २३ जनाले बराबरी अंक ल्याएपछि गोलाप्रथाद्वारा नतिजा
संस्कृति ज्ञान परिक्षामा २३ जनाले बराबरी अंक ल्याएपछि गोलाप्रथाद्वारा नतिजा
नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
स्थानिय सरकार परियोजना  व्यवस्थापन समितिको बैठक सम्पन्न
स्थानिय सरकार परियोजना  व्यवस्थापन समितिको बैठक सम्पन्न
अदालतको आदेश विपरीत भइरहेको कार्य रोक्न खोज्दा स्थानियमाथी हातपात
अदालतको आदेश विपरीत भइरहेको कार्य रोक्न खोज्दा स्थानियमाथी हातपात
कोरोना माहामारीबाट मुक्ति र विश्व शान्तिका लागि कलश यात्रा
कोरोना माहामारीबाट मुक्ति र विश्व शान्तिका लागि कलश यात्रा
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
यति तपाईं बियर पिउँदै हुनुहुन्छ भने सचेत रहनुहोस् !
यति तपाईं बियर पिउँदै हुनुहुन्छ भने सचेत रहनुहोस् !

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?