जिर्ण सडक अविलम्ब मर्मत नगरिए आफै धर्नामा बस्ने सांसद चौधरीको चेतावनी

राजविराज राजविराज
|
आइतबार, फाल्गुन १८, २०७६
|
|
४४ पटक हेरिएको
Shares
जिर्ण सडक अविलम्ब मर्मत नगरिए आफै धर्नामा बस्ने सांसद चौधरीको चेतावनी

सारांश

  •     सप्तरी सदरमुकाम राजविराज जोड्ने मुख्य सडकहरुका साथै जिल्लाको आधा दर्जन सडक खण्ड बर्षौदेखि जिर्ण हुँदा पनि मर्मत सम्भार तर्फ सम्बन्धीत निकायको चासो नदेखिएको भन्दै आईतबार सांसद चौधरीले सो चेतावनी दिएका हुन् ।
  •       राजपा नेपालका केन्द्रिय तथा स्थानिय नेता लगायत केही जनप्रतिनिधि समेत सहभागी रहेको टोलीको नेतृत्व गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका सासद चौधरीले जिर्ण सडक मर्मत कार्य अबिलम्ब नथालिए आफै सडकमा धर्नामा बस्ने चेतावनी दिए ।
  •       प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरीको नेतृत्वमा राजपाका केन्द्रिय सदस्य दिनेश कुमार यादव, विशेश्वर रजक, अमरनाथ मण्डलसहितको टोलीले जिर्ण सडक खण्डहरुको मर्मत सम्भार कार्य अबिलम्ब सुरु गर्नका लागि प्रमुख जिल्ला अधिकारी सुनिल खनालको ध्यानाकर्षण समेत गराए ।

दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
    सप्तरी क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरीले जिर्ण सडकहरु अविलम्ब मर्मत नगरिए आफै धर्नामा बस्ने चेतावनी दिएका छन् । 
    सप्तरी सदरमुकाम राजविराज जोड्ने मुख्य सडकहरुका साथै जिल्लाको आधा दर्जन सडक खण्ड बर्षौदेखि जिर्ण हुँदा पनि मर्मत सम्भार तर्फ सम्बन्धीत निकायको चासो नदेखिएको भन्दै आईतबार सांसद चौधरीले सो चेतावनी दिएका हुन् । 
    राजपा नेपालका केन्द्रिय तथा स्थानिय नेता लगायत केही जनप्रतिनिधि समेत सहभागी रहेको टोलीको नेतृत्व गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका सासद चौधरीले जिर्ण सडक मर्मत कार्य अबिलम्ब नथालिए आफै सडकमा धर्नामा बस्ने चेतावनी दिए । 
    प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरीको नेतृत्वमा राजपाका केन्द्रिय सदस्य दिनेश कुमार यादव, विशेश्वर रजक, अमरनाथ मण्डलसहितको टोलीले जिर्ण सडक खण्डहरुको मर्मत सम्भार कार्य अबिलम्ब सुरु गर्नका लागि प्रमुख जिल्ला अधिकारी सुनिल खनालको ध्यानाकर्षण समेत गराए । 
    सप्तरी सदरमुकाम राजविराज जोडने मुख्य सडक मानिएको राजविराज–हनुमाननगर, राजविराज–छिन्नमस्ता, राजविराज–कुनौली सडक खण्ड बर्षौदेखि जिर्ण छ । त्यस्तै पातो–कठौना, शम्भुनाथ–बनैनिया सडक खण्ड पनि बर्षौ देखि जिर्ण हुँदा पनि मर्मत सम्भार नगरिदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 
    पातो–कठौना र शम्भुनाथ–बनैनिया सडक खण्डको टेन्डर प्रकृया पुरा भई ठेक्का लागेको २ वर्ष वितिसक्दा पनि निर्माण कार्य सुरु हुन नसकेको भन्दै सांसद चौधरीले सडक डिभिजन कार्यालय लहानका जिम्मेवार अधिकारीहरु मुकदर्शक बनेको बताए । उनले अबिलम्ब ठेकेदार कम्पनीका प्रतिनिधिलाई झिकाई कार्यवाही गर्न माँग समेत गरे । 
    यस्तै राजपाका केन्द्रिय सदस्य दिनेश यादवले अति व्यस्त मानिने सडकहरु लामो समयदेखि जिर्ण हुँदा पनि सरोकारवाला निकाय मौन बस्नु दुखद भएको भन्दै अबिलम्ब मर्मत कार्य नथालिए आन्दोलन चर्काउने चेतावनी दिए । 
    राजपाका अर्का केन्द्रिय सदस्य विशेश्वर रजकले राजविराज–कुनौली सडक खण्डमा गुडेका टिपर, ट्रक, बस, अटो लगायतका सवारीले उडाएको धुलोले दिउँसै बाटो नदेखिने र स्थानियमा गम्भीर असर पुर्याइरहेको भन्दै निर्माण कम्पनीलाई सडकमा पानी हाल्न कडा निर्देशन दिनुपर्ने माग गरे । 
    सप्तरीको राजविराज–हनुमाननगर, राजविराज–रुपनी, राजविराज–छिन्नमस्ता, राजविराज–कुनौली, पातो–कठौना र शम्भुनाथ–बनैनिया सडकखण्ड भएर दैनिक सयौका संख्यामा सवारी सधान आवत जावत गर्छन । अहिले ति सडकखण्डहरुको दर्जनौ ठाउँमा आधी फिट सम्म गहिरो खाल्डा खुल्डी भएको छ । 
    जसकारण दुर्घटना समेत भएको भन्दै स्थानियले मर्मत सम्भारको माग गर्दै जनप्रतिनिधिलाई घचघचाउन थालिएपछि समस्या समाधानमा जनप्रतिनिधिले चासो देखाएका हुन । 
    प्रमुख जिल्ला अधिकारी खनालले सासदसहितको टोलीद्वारा गराईएको ध्यानाकर्षणलाई आफुले गम्भीरतापूर्वक लिएको र २÷३ दिन भित्रै सरोकारवालालाई राखेर समस्या समाधानको पहल गर्ने बताए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता बनाउने कार्य स्थगित
राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता बनाउने कार्य स्थगित
सप्तरी उद्योग बाणिज्य संघको कार्यसमितिलाई  कार्य नगर्न भन्दै जिल्ला प्रशासनमा ज्ञापन, तीन वर्षे कार्यकाल झण्डै ६ वर्षसम्म निरन्तर
सप्तरी उद्योग बाणिज्य संघको कार्यसमितिलाई  कार्य नगर्न भन्दै जिल्ला प्रशासनमा ज्ञापन, तीन वर्षे कार्यकाल झण्डै ६ वर्षसम्म निरन्तर
आईडियलको २ करोड ५० लाख मुनाफा
आईडियलको २ करोड ५० लाख मुनाफा
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
जिल्लाको विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी दलहरुद्वारा सामुहिक प्रतिबद्धता
जिल्लाको विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी दलहरुद्वारा सामुहिक प्रतिबद्धता
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
हिन्दु यूवा परिषद्को खडक नपामा समिति गठन
हिन्दु यूवा परिषद्को खडक नपामा समिति गठन
शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा
शारीरिक रुपमा असक्तता कै कारण राजिनामा गर्न दिएको दबाबले शिक्षक थप पीडामा
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी