दैनिक समाचारदाता
राजविराज, ८ फागुन ।
स्व. लोकेन्द्र कुमार श्रेष्ठ स्मृति ७ औँ राष्ट्रिय जुडो प्रतियोगिता आगामी फागुन १९ गतेदेखि राजविराजमा हुने भएको छ ।
राष्ट्रिय जुडो संघले बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिँदै फागुन १९ र २० गते संघ तथा सप्तरी जिल्ला जुडो संघको संयुक्त आयोजनामा स्थानिय राजरंगशालामा प्रतियोगिता हुने जनाएको छ ।
संघका राष्ट्रिय उपाध्यक्ष पियुस श्रेष्ठले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाउदै सहभागि टिमको विवरण तथा खेल तालिका समेत सार्वजनिक गरेका छन् ।
प्रतियोगिताको ७ औँ संस्करणमा करिब ११ लाख रुपैया खर्च हुने अनुमान गरिएको र यसको मुख्य प्रायोजकमा माउण्ट एभरेष्ट बु्रअरी प्राली काठमाण्डाँै तथा सह प्रायोजकमा मारुती (सुविधा) ग्यास उद्योग प्राली दुहवी रहेको पत्रकार सम्मेलनमा संघका राष्ट्रिय उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश शिलवालले गर्ने तय भएको जानकारी दिएका उनले प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्न सबै सँग सहयोगका लागि आग्रह समेत गरे ।
प्रतियोगिता आयोजक समितिका संयोजक एवं जिल्ला जुडो संघका सचिव पंकज गुप्ताले प्रतियोगितामा काठमाण्डौँ, ललितपुर, भक्तपुर, नुवाकोट, कास्की, धनुषा, मोरङ, सुनसरी, झापा, पर्सा, वारा, सिरहा, उदयपुर, बाके, बर्दिया, इलाम, रसुवा कंचनपुर, कैलालि, गोरखा र आयोजक सप्तरीका साथै तीन विभागिय टिम सशस्त्र, नेपाल प्रहरी र सेनाका गरी २४ टिमको सहभागिता रहने जानकारी दिए ।
प्रतियोगितामा विभिन्न एक दर्जन तौल समुहमा प्रतिस्पर्धा हुने कार्यक्रम रहेको तथा प्रत्येक टिमबाट ७÷७ जना महिला र पुरुष खेलाडी, १÷१ जना प्रशिक्षक र १÷१ जना टिम व्यवस्थापक गरि ३ सय ६१ जनाको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
सातौं लोकेन्द्र स्मृति राष्ट्रिय जुडो प्रतियोगिता फागुन १९ देखि
सारांश
- राष्ट्रिय जुडो संघले बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिँदै फागुन १९ र २० गते संघ तथा सप्तरी जिल्ला जुडो संघको संयुक्त आयोजनामा स्थानिय राजरंगशालामा प्रतियोगिता हुने जनाएको छ ।
- संघका राष्ट्रिय उपाध्यक्ष पियुस श्रेष्ठले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाउदै सहभागि टिमको विवरण तथा खेल तालिका समेत सार्वजनिक गरेका छन् ।
- प्रतियोगिताको ७ औँ संस्करणमा करिब ११ लाख रुपैया खर्च हुने अनुमान गरिएको र यसको मुख्य प्रायोजकमा माउण्ट एभरेष्ट बु्रअरी प्राली काठमाण्डाँै तथा सह प्रायोजकमा मारुती (सुविधा) ग्यास उद्योग प्राली दुहवी रहेको पत्रकार सम्मेलनमा संघका राष्ट्रिय उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया