चाड पर्व नजिकै जाँदा बजार अनुगमन टोली तात्यो

राजविराज राजविराज
|
बिहिबार, आश्विन २२, २०७७
|
|
४२ पटक हेरिएको
Shares
चाड पर्व नजिकै जाँदा बजार अनुगमन टोली तात्यो

सारांश

  •     जिल्ला प्रशासन कार्यालय सप्तरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको समन्वयमा खटिएको संयुक्त अनुगमन टोलीले राजबिराजस्थित एक दर्जन किराना पसलहरुको अनुगमन गरेको हो ।
  •       अनुगमन क्रममा पसलहरुमा उपभोक्ताले प्रष्ट हेर्ने गरि मूल्य सूची र साईनबोर्ड राखिएको नपाइएको तथा म्याद गुज्रिएका सामग्रीहरु पसलेहरुले राखेको टोलीका संयोजक जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताएका छन् ।
  •     राजबिराज  बजारका आनन्द किराना पसल, दिपक जनरल स्टोर, गुणानन्द किराना स्टोर, शिव गुरु मिष्ठान भण्डार, माँ शक्ति किराना स्टोर, गौरी किराना पसल, जलपा ट्रेडर्स लगायतको पसलहरुमा अनुगमन गरिएको अनुगमन टोलीका सदस्य खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २१ असोज । 
    चाड पर्व नजिकै जाँदा बजार अनुगमन टोली पनि तातिएको छ । कोरोना महामारीको बीचमा अनुगमन टोलीले लामो समयपछि बजार अनुगमन गरेको हो । 
    जिल्ला प्रशासन कार्यालय सप्तरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको समन्वयमा खटिएको संयुक्त अनुगमन टोलीले राजबिराजस्थित एक दर्जन किराना पसलहरुको अनुगमन गरेको हो । 
    अनुगमन क्रममा पसलहरुमा उपभोक्ताले प्रष्ट हेर्ने गरि मूल्य सूची र साईनबोर्ड राखिएको नपाइएको तथा म्याद गुज्रिएका सामग्रीहरु पसलेहरुले राखेको टोलीका संयोजक जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताएका छन् ।
    राजबिराज  बजारका आनन्द किराना पसल, दिपक जनरल स्टोर, गुणानन्द किराना स्टोर, शिव गुरु मिष्ठान भण्डार, माँ शक्ति किराना स्टोर, गौरी किराना पसल, जलपा ट्रेडर्स लगायतको पसलहरुमा अनुगमन गरिएको अनुगमन टोलीका सदस्य खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिए ।
    अनुगनका क्रममा बजारका पसलहरुबाट म्याद गुज्रिएका मसाला, चिउरा, धारा खानेतेल, घ्यू, मिक्स अचार नष्ट गरिएको उपभोक्ता अधिकार मञ्चका सप्तरी अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिए । 
    अनुगमन टोलीमा राजबिराज नगरपालिकाका प्रतिनिधि, सप्तरी उद्योग बाणिज्य संघका सचिव  गौरी शंकर साह, उपभोक्ता अधिकार मञ्चका सप्तरी अध्यक्ष राजकुमार गुप्ता, न्यायिक संरक्षण मंचका राम कुमार यादव, घरेलु तथा साना उद्योग कार्यालयका बिरेन्द्र साह, सञ्चाकर्मी, प्रहरी लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक महिनामा चार हजार बढी गाँजा बोट फडानी
एक महिनामा चार हजार बढी गाँजा बोट फडानी
नविकरणमा देखिएका समस्या समाधान  गर्न सात जिल्लाका अध्यक्षको माग
नविकरणमा देखिएका समस्या समाधान  गर्न सात जिल्लाका अध्यक्षको माग
सहकारीको ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका रामदेवको ऋण पालिकाले तिर्ने
सहकारीको ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका रामदेवको ऋण पालिकाले तिर्ने
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
काँग्रेस बुथ सभापति खंगको निधन
काँग्रेस बुथ सभापति खंगको निधन
सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग
ठगि गर्ने दलाल तथा व्यवसायीलाई  कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
ठगि गर्ने दलाल तथा व्यवसायीलाई  कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
पूर्व क्रिकेटरको स्वास्थ्य उपचारका लागि अम्पायर  संघ सप्तरीबाट २५ हजार बढी संकलन
सप्तरीमा ७० जनाले गरे आत्महत्या
सप्तरीमा ७० जनाले गरे आत्महत्या
६ करोड रकम दिने निर्णय एकल नभई सामूहिक ः सांसद देव

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?