चन्दनकुमार यादब
राजबिराज, २५ बैशाख ।
जिल्ला प्रशासन कार्यालय सप्तरीबाट २० दिनमा ३ सय २१ जानले बंशजको आधारमा नागरिकता पाएका छन् ।
जन्मका आधारमा नागरिकता पाएका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको आदेशमा जिल्ला प्रशासन कार्यलयले ३ सय २१ जनालाई बंशजको नागरिकता प्रदान गरेको हो ।
नागरिकता प्राप्त गर्नेहरुमा २ सय २९ पुरूष र ९२ जना महिला रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
सर्वाेच्चको आदेश पछि चैत्र २६ देखि ३ बैशाख सम्म नागरिकता बितरण कार्य रोकिएको थियो भने पुनः बैशाख २४ देखी गृह मन्त्रालयले अल्पकालिन जन्मका आधारमा दिईदै गरेको बंशज नागरिकता दिनमा रोक लगाएको छ ।
नागरिकता लिनेमा जिल्ला प्रशासन कार्यालय राजबिराजवाट २ सय २०, ईलाका प्रशासन कार्यालय कंचनपुरबाट ९८ र ईलाका प्रशासन कार्यालय बोदेबरसाईनबाट ३ जनाले वंशज नागरिकता लिएको निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।
यता जन्मका आधारमा वंशज नागरिकता लिनका लागि धेरै निवेदन आउने गरेको बताउदै प्रशासकिय अधिकृत ठाकुरले प्रमाणका आधारमा तथा छानबिन गरेर मात्र नागरिकता बितरण गरिरहेको जानकारी दिए ।
बैशाख ३ मा सर्वाेच्च कै आदेशवाट नागरिकता बितरण खुल्ला भएपछि ४ बैशाखवाट नागरिकता बितरण कार्य सुरू भएको २० दिन पछि पुनः सो कार्य रोकिएको छ ।
दैनिक सरदर १६ देखि २० जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ । यता नागरिकता लिनेको ठुलो भिड लाग्ने भएपछि यसलाई व्यवस्थापन गर्नका लागि प्रशासन कार्यालयले टोकन प्रक्रिया लागू गरेको छ ।
सप्तरीबाट २० दिनमा ३ सय २१ जनाले लिए वंशज नागरिकता
सारांश
- जन्मका आधारमा नागरिकता पाएका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको आदेशमा जिल्ला प्रशासन कार्यलयले ३ सय २१ जनालाई बंशजको नागरिकता प्रदान गरेको हो ।
- नागरिकता प्राप्त गर्नेहरुमा २ सय २९ पुरूष र ९२ जना महिला रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
- सर्वाेच्चको आदेश पछि चैत्र २६ देखि ३ बैशाख सम्म नागरिकता बितरण कार्य रोकिएको थियो भने पुनः बैशाख २४ देखी गृह मन्त्रालयले अल्पकालिन जन्मका आधारमा दिईदै गरेको बंशज नागरिकता दिनमा रोक लगाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया