डिभाईडरमा ठोक्किएर  मोटरसाइकल चालकको मृत्यु

राजविराज राजविराज
|
सोमबार, भाद्र ३०, २०८२
|
|
३४ पटक हेरिएको
Shares
डिभाईडरमा ठोक्किएर  मोटरसाइकल चालकको मृत्यु

सारांश

  •     नगरपालिकाको वडा नं.
  • ५ स्थित जिनिस अस्पताल नजिकै भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
  •     आईतवार साँझ पुर्व पश्चिम राजमार्गमा कुशहादेखी कदमाहातर्फ आउदै गरेको मधेश प्रदेश–०१–००५–प ५५११ नम्बरको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाईकल चालक सुरुङ्गा नगरपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, ३० भदौ । 

    सप्तरीको सुरुङ्गा नगरपालिकामा डिभाईडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
    नगरपालिकाको वडा नं. ५ स्थित जिनिस अस्पताल नजिकै भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
    आईतवार साँझ पुर्व पश्चिम राजमार्गमा कुशहादेखी कदमाहातर्फ आउदै गरेको मधेश प्रदेश–०१–००५–प ५५११ नम्बरको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाईकल चालक सुरुङ्गा नगरपालिका वडा नं. ९ परमानपुर निवासी ३० वर्षीय अनिल कुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
    दुर्घटनामा गम्भिर घाईते चौधरीलाई नजिकै रहेको जिनिस अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।
    सोही मोटरसाइकलमा पछाडी सवार सुरुङ्गा नगरपालिका वडा नं. ७ चकदह टोलका १८ वर्षीय राधेश्याम चौधरी घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
    मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई मृतक चौधरीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभाको निर्वाचन पार्टीहरुको प्रतिष्ठाको लडाई  
प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने ः संचारमन्त्री साह
प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने ः संचारमन्त्री साह
विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य
विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
जन्ती बोकेको विङ्गर दुर्घटनामा पर्दा एक दर्जन यात्री घाइते
जन्ती बोकेको विङ्गर दुर्घटनामा पर्दा एक दर्जन यात्री घाइते
सहकारी ब्यवस्थापक क्लव गठन
सहकारी ब्यवस्थापक क्लव गठन
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
निःशुल्क स्वास्थ्य जाँच शिविरमा ९ जनाको बिना अपरेशन उपचार
निःशुल्क स्वास्थ्य जाँच शिविरमा ९ जनाको बिना अपरेशन उपचार
संघीयताको सुमधुर अभ्यास नै आजको आवश्यकता