बैदेशिक रोजगारीमा मलेशिया गएका सप्तरीका इन्दलले गरे आत्महत्या

राजविराज राजविराज
|
बुधबार, बैशाख १७, २०७७
|
|
४३ पटक हेरिएको
Shares
बैदेशिक रोजगारीमा मलेशिया गएका सप्तरीका इन्दलले गरे आत्महत्या

सारांश

  • बिश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै अधिकांश देश लकडाउनमा रहेको बेला सप्तरीको बलान बहिुल गाउँपालिका २ मलहनियाँ निवासी इन्दल यादवले आत्महत्या गरेका हुन् ।
  •   मलेशियामा उनीसँगै काम गर्ने साथी सुरेश लोप्चनका अनुसार उनी नेपाल जानका लागि खोजिरहेको थिए तर, अहिले लकडाउनका कारण नेपाल जाने सम्भावना नरहेकोले उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरेका छन् ।
  • यद्दपी आत्महत्या बारे कारण खुल्न नसकेको मलेशिया प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।
तीन महिनाअघि बैदेशिक रोजगारीमा मलेशिया गएका सप्तरीका एक ३० वर्षिय यूवकले मंगलबार आत्महत्या गरेका छन् । 
बिश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै अधिकांश देश लकडाउनमा रहेको बेला सप्तरीको बलान बहिुल गाउँपालिका २ मलहनियाँ निवासी इन्दल यादवले आत्महत्या गरेका हुन् । 
मलेशियामा उनीसँगै काम गर्ने साथी सुरेश लोप्चनका अनुसार उनी नेपाल जानका लागि खोजिरहेको थिए तर, अहिले लकडाउनका कारण नेपाल जाने सम्भावना नरहेकोले उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरेका छन् । यद्दपी आत्महत्या बारे कारण खुल्न नसकेको मलेशिया प्रहरीले जनाएको छ । 
उनी तीन महिना अघि मात्र इम्प्रेरियल इन्टरनेशनल म्यानपावरमार्फत मलेशिया आवाप सेभ कम्पनिमा आबद्ध भएका थिए । मलेशिया आएको एक हप्ता काम गरे लगत्तै नेपाल फर्किन चाहेका थिए र आफ्नो काम छोडेर क्वालालम्पुरस्थित सेन्तुल होस्टेलमा बसेको उनीसंगै कार्यरत साथी लोप्चनले जानकारी दिए ।
    यता उनको शव पोस्टमार्टमका लागि क्वालालम्पुर हस्पिटलमा राखिएको छ । मृतकको श्रीमती, एक तीन महिने छोरा र अढाई वर्षिया एक छोरी छन । 

यसैबीच सप्तरी सामुदायिक विकास केन्द्र नेपालद्वारा संचालित आप्रावासी श्रोत केन्द्रले मृतकको शव नेपाल ल्याउनका लागि आवश्यक पहल सुरु गरिसकेको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?