दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
सप्तरीको महदेवा गाउँपालिकामा हरेक वडामा रहेका गर्भवती तथा कुपोषणमा परेका बालबालिकालाई सोमबार कुखुरा र हरलिक्स बितरण गरिएको छ ।
छिन्नमसता बिकास सेवाले आयोजना गरेको कुखुरा तथा पोषण बितरण समहारोमा करिब ६ सय जना गर्भवती तथा कुपोषीत बालबालिकालाई कुखुरा र हरलिक्स बितरण गरिएको संस्थाका अध्यक्ष बिनोद साफीले जानकारी दिएका छन् ।
महदेवा गाउँपालिकाका स्वास्थ्य संयोजक ललित यादवको प्रमुख अतिथियमा सम्पन्न भएको पोषण सेवा बितरण कार्यक्रममा वडा नं. १ देखि ६ सम्मका कुषोसित तथा गर्भवती महिलालाई कुखुरा र हरलिक्स बितरण गरेको हो ।
सो क्रममा ६ सय पिस कुखुरा र ३ सय ८० पिस हरलिक्स बितरण गरिएको छिन्नमस्ता बिकास सेवाले जनाएको छ । सो कार्यक्रममा महदेवा गाउँपालिकाका प्रमुख दिपक कुमार यादव र सबै वडाका वडा अध्यक्ष सहितका उपस्थिति रहेको थियो ।
त्यस्तै जिविकोपार्जनमा केही हदसम्म सहज हुने उद्देश्यले सप्तरीको महादेवा गाउँपालिकाका गरिब विपन्न परिवारलाई निःशुल्क बाख्रा समेत प्रदान गरिएको छ ।
छिन्नमस्ता विकास कृषक समूहको आयोजनामा आयोजित कार्यक्रमका बीच गाउँपालिकाको सहयोगमा ४२ गरिब विपन्न परिवारलाई बाख्रा प्रदान गरेको थियो ।
बाख्राकासाथै खोर तयार २–२ थान जस्ता पाता (टिन) र विउ पनि उपलब्ध गराइएको छ । बाख्रा पालन गरेर जिविकोपार्जनमा केही हदसम्म सहयोग हुने उद्देश्यले गरिब विपन्न परिवारलाई बाख्रा वितरण गरिएको जनाइएको छ ।
कुखुरा र पोषण सामग्री बितरण
सारांश
- छिन्नमसता बिकास सेवाले आयोजना गरेको कुखुरा तथा पोषण बितरण समहारोमा करिब ६ सय जना गर्भवती तथा कुपोषीत बालबालिकालाई कुखुरा र हरलिक्स बितरण गरिएको संस्थाका अध्यक्ष बिनोद साफीले जानकारी दिएका छन् ।
- महदेवा गाउँपालिकाका स्वास्थ्य संयोजक ललित यादवको प्रमुख अतिथियमा सम्पन्न भएको पोषण सेवा बितरण कार्यक्रममा वडा नं.
- १ देखि ६ सम्मका कुषोसित तथा गर्भवती महिलालाई कुखुरा र हरलिक्स बितरण गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया