चैत ९ देखी अत्यावश्यक सेवा बाहेक सबै बन्द, १० देखी लामो दुरीको सवारी संचालनमा रोक

राजविराज राजविराज
|
शनिबार, चैत्र ८, २०७६
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  •     प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।
  •     देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा (विमानस्थल, सञ्चार, (टेलिफोन), पेट्रोलियम, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य सेवा, आदि) बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको हो ।
  •     त्यस्तै सरकारले चैत ९ देखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरेको छ भने चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक समेत लगाइएको जनाइएको छ ।

दैनिक समाचारदाता
काठमाडौं, ७ चैत । 
    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको नियन्त्रण र रोकथामका लागि सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवाहरू बन्द गर्न आग्रह गरेको छ ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।
    देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा (विमानस्थल, सञ्चार, (टेलिफोन), पेट्रोलियम, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य सेवा, आदि) बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको हो ।
    त्यस्तै सरकारले चैत ९ देखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरेको छ भने चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक समेत लगाइएको जनाइएको छ । 
    प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै निजी क्षेत्रका सेवासँग सम्बन्धित कर्मचारी र सेवा प्रदायकले कर्मचारीलाई घरबाटै सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै सरकारी कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीले भने कार्यालयमै उपस्थित भएर सेवा दिने पनि बताए ।
    त्यस्तै सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।
    यसअघि सरकारले चैत मसान्तसम्म सम्पूर्ण विद्यालय र कलेज बन्द गर्ने निर्णय गर्नुका साथै सिनेमा हल, मल, नाइट क्लब, डान्स बार लगायतका बन्द गर्न निर्देशन दिएको थियो । त्यस्तै अतिआवश्यक काम बाहेक अरु समयमा घरबाट बाहिर ननिस्कन समेत आग्रह गरेको छ । 
    त्यस्तै सरकारले २५ भन्दा बढी मानिसहरुको जमघट नगर्न तथा कोरोना भाइरसको संक्रमणबाट बच्न अनिवार्य रुपमा मास्क लगाउन र साबुन पानीले हातधुन जनतासमक्ष आग्रह गरेको छ । 
    यस्तै सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने जनाइएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफु खुशी उम्मेदबार भएको भन्दै सामाजिक संजालमा प्रचार गर्नेलाई कारवाही गरिने ः जसपा
आफु खुशी उम्मेदबार भएको भन्दै सामाजिक संजालमा प्रचार गर्नेलाई कारवाही गरिने ः जसपा
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
छिन्नमस्ता सखडा शक्तिपीठमा सन्ध्याकालिन आरती शुभारम्भ
छिन्नमस्ता सखडा शक्तिपीठमा सन्ध्याकालिन आरती शुभारम्भ
घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी
घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी
सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ
सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ
दुई पटक उम्मेदवार बनेका  अच्छेलाल पति पत्नीबाट पराजित 
तीन बुँंदे सहमती पछि पूर्वाधारका कर्मचारी काममा फर्किए 
तीन बुँंदे सहमती पछि पूर्वाधारका कर्मचारी काममा फर्किए 
सेनिटरी प्याड खरीद प्रकरणमा रुपनीका  प्रमुख प्रशासकीय अधिकृतसहित पाँच  जनाविरुद्ध आरोपपत्र दायर
सेनिटरी प्याड खरीद प्रकरणमा रुपनीका  प्रमुख प्रशासकीय अधिकृतसहित पाँच  जनाविरुद्ध आरोपपत्र दायर
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
हत्या गरिएका युवकको शवसहित प्रदर्शन
हत्या गरिएका युवकको शवसहित प्रदर्शन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?