दैनिक समाचारदाता
धनुषा, १८ पुस ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सडक अवरुद्ध पारेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा पाँच जना घाइते भएका छन् ।
आइतबार बिहानैदेखि सडक जाम गरी बसेका जनमत कार्यकर्तामाथि प्रहरीले रबरको गोली प्रहार गर्दा पाँच जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सन्जय साह छन । उनीहरु सबैको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
११ राउण्ड रबरको बुलेट र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको धनुषा प्रहरीका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
बुधबारदेखी जनमत पार्टीका नेता कार्यकर्ताहरुले किसानको माग सम्बोधनका लागि उच्चस्तरिय समिति गठन गर्नलगायतको ११ बुँदे माँग गर्दै राजमार्ग केन्द्रित आन्दोलनको सुरु गरेका हुन् ।
प्रहरीले गोली चलाउँदा जनमतका पाँच कार्यकर्ता घाइते
सारांश
- आइतबार बिहानैदेखि सडक जाम गरी बसेका जनमत कार्यकर्तामाथि प्रहरीले रबरको गोली प्रहार गर्दा पाँच जना घाइते भएका हुन् ।
- घाइते हुनेहरुमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सन्जय साह छन ।
- उनीहरु सबैको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया