सामाजिक रुपान्तरमा सहकारीको भूमिका अहम ः कृषि तथा सहकारी मन्त्री साह

राजविराज राजविराज
|
आइतबार, मंसिर १६, २०७५
|
|
११४ पटक हेरिएको
Shares
सामाजिक रुपान्तरमा सहकारीको भूमिका अहम ः कृषि तथा सहकारी मन्त्री साह

सारांश

  •     साधारण सभालाई सम्बोधन गर्दै मन्त्री साहले मंसिर महिना भित्रै प्रदेश सरकारले सहकारी मैत्री ऐन ल्याउन लागेको भन्दै सो ऐन आउने बित्तिकै प्रदेश २ को सहकारी क्षेत्रमा क्रान्ति आउने विश्वास व्यक्त गरे ।
  •       मन्त्री साहले सहकारी संस्थाहरुको प्रयासका कारण जिल्लामा परिवर्तन समेत भइरहेको भन्दै सहकारी संस्थाहरुको वर्गिकरण गरेर संस्थाहरुको स्तरोन्नती गर्नु पर्ने सुझाव समेत दिए ।
  •         एक अर्को प्रसङ्ग उनले जनता कृषिमा आत्मनिर्भर नभएसम्म प्रदेशको विकास सम्भव नहुने बताए ।

    राजविराज÷प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका अनिवार्य हुने बताएका छन् । 
    जन ज्योती कृषि सहकारी संस्था लिमिटेड राजविराज ९ मलेठको ७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री साहले सो कुरा बताउँदै सामाजिक रुपान्तरमा समेत सहकारीको भूमिका अहम रहेको जिकिर गरे । 
    संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य समेत रहेका मन्त्री साहले सहकारी क्षेत्र राज्यद्वारा उपेक्षित रहेको आरोप लगाउँदै सहकारी क्षेत्रमा केन्द्रिय सरकारको कर लगाउने नीति त्रृटीपूर्ण समेत रहेको जिकिर गरे । 
    साधारण सभालाई सम्बोधन गर्दै मन्त्री साहले मंसिर महिना भित्रै प्रदेश सरकारले सहकारी मैत्री ऐन ल्याउन लागेको भन्दै सो ऐन आउने बित्तिकै प्रदेश २ को सहकारी क्षेत्रमा क्रान्ति आउने विश्वास व्यक्त गरे । 
    मन्त्री साहले सहकारी संस्थाहरुको प्रयासका कारण जिल्लामा परिवर्तन समेत भइरहेको भन्दै सहकारी संस्थाहरुको वर्गिकरण गरेर संस्थाहरुको स्तरोन्नती गर्नु पर्ने सुझाव समेत दिए ।    
    एक अर्को प्रसङ्ग उनले जनता कृषिमा आत्मनिर्भर नभएसम्म प्रदेशको विकास सम्भव नहुने बताए । नेपाल कृषि प्रधान देश हो भन्ने भनाईलाई साकार पार्न प्रदेश २ का जनताले कृषिलाई नै आत्मसाथ गरेर अगाडी बढ्नु पर्ने बताउँदै यसका लागि प्रदेश सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
    कृषि क्षेत्रमा बढी सम्भावना रहेको प्रदेश २ मा आधुनिक ढंगले कृषि गर्न तर्फ ध्यान दिनु पर्ने सुझाव दिँदै मन्त्री साहले बैदेशिक रोजगारमा जानु भन्दा राम्रो कृषिलाई नै आत्मसाथ गरे विदेश भन्दा राम्रो आम्दानीको श्रोत कृषि हुने दाबी गरे । 
    संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजिक कार्यक्रममा पूर्वसभासद् अशोक मण्डल, राष्ट्रिय सहकारी बैंकका लेखा समिति संयोजक कुलचन्द्र अधिकारी, राजविराज वडा नं. ९ का अध्यक्ष शम्भु प्रसाद यादव, संस्थाका वरिष्ठ सदस्य हरेकृष्ण प्रसाद सिंह, राजपा नेपालका केन्द्रिय सहमहासचिव गजेन्द्र कुमार मण्डल, जिल्ला नेता तथा संस्थाका सदस्य सुनिल कुमार झा, वरिष्ठ पत्रकार अनिल कुमार अनल, त्रियुगा सहकारी संस्थाका अध्यक्ष शम्भु खड्का लगायतका वक्ताहरुले वर्तमान अवस्थामा सहकारी संस्थाको विकास र योगदान बारे चर्चा गरेका थिए । 
    यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले मन्त्री शैलेन्द्र प्रसाद साह, बैंकका लेखा समिति संयोजक कुलचन्द्र अधिकारी, वडा अध्यक्ष लगायतलाई मायाको चिनो प्रदान गरेका थिए । 
    उद्घोषकर्ता एवं कलाकार जिवछ दासले कार्यक्रममा हास्य व्यंग तथा सांगितिक टोलीले गित गाएर मनोरन्जन समेत गराए थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरी घाट निर्माणका लागि प्रदेश सभासदस्यद्वारा शिलान्यास
पोखरी घाट निर्माणका लागि प्रदेश सभासदस्यद्वारा शिलान्यास
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
मिटर ब्याज पीडितलाई निवेदन  दिन सात दिन म्याद थप
मिटर ब्याज पीडितलाई निवेदन  दिन सात दिन म्याद थप
महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी
महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
आफैले चलाएको गाडीले चेपिएर चालकको मृत्यु
आफैले चलाएको गाडीले चेपिएर चालकको मृत्यु
टि–ट्वान्टी कप प्रतियोगिता सुरु
टि–ट्वान्टी कप प्रतियोगिता सुरु
राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु,  ट्रकमा ठोकिदा मोटरसाइकल चालक घाइते 
मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु,  ट्रकमा ठोकिदा मोटरसाइकल चालक घाइते