पोखरी घाट निर्माणका लागि प्रदेश सभासदस्यद्वारा शिलान्यास

राजविराज राजविराज
|
बुधबार, बैशाख १३, २०८०
|
|
९६ पटक हेरिएको
Shares
पोखरी घाट निर्माणका लागि प्रदेश सभासदस्यद्वारा शिलान्यास

सारांश

  •     आफ्नो संसदीय विकास कोषबाट बजेट लगाई उक्त पोखरीमा छठ पुजाका लागी घाट निर्माण कार्यको बुधवार प्रदेश सभासदस्य साहले शिलान्यास गरेकी हुन ।
  •       सांसद साहले यस पटक उपलब्ध बजेट अनुसार भगवती मन्दिर पोखरी छठीघाट निर्माण कार्यको थालनी गरेर अगामी आर्थिक वर्षहरुमा उपलब्ध हुने थपबजेट समेतलाई क्रमशः पोखरीको चारै तीर घाट निर्माणको कार्य सम्पन्न गराउने प्रतिबद्धता जनाएकी छिन् ।
  •     धार्मिक एवं साँस्कृतिकस्थल समेत रहेको तथा विभिन्न मन्दिरहरुको निकट अवस्थित उक्त धार्मिक महत्वको पोखरीमा आवश्यक सरसफाई, जिर्णाेधार, पुजाघाट लगायतको अभावले गर्दा छठ पर्व लगायत विभिन्न धार्मिक कार्यक्रमको अवसरमा पुजा विधी गर्न भक्तजनहरुलाई समस्या हुदै आएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १३ बैशाख । 

    प्रदेश सभा सदस्य किरण कुमारी साहले राजविराज ७ स्थित भगवती मन्दिर पोखरीको घाट निर्माणका लागि बुधबार शिलान्यास गरेकी छिन् । 
    आफ्नो संसदीय विकास कोषबाट बजेट लगाई उक्त पोखरीमा छठ पुजाका लागी घाट निर्माण कार्यको बुधवार प्रदेश सभासदस्य साहले शिलान्यास गरेकी हुन । 
    सांसद साहले यस पटक उपलब्ध बजेट अनुसार भगवती मन्दिर पोखरी छठीघाट निर्माण कार्यको थालनी गरेर अगामी आर्थिक वर्षहरुमा उपलब्ध हुने थपबजेट समेतलाई क्रमशः पोखरीको चारै तीर घाट निर्माणको कार्य सम्पन्न गराउने प्रतिबद्धता जनाएकी छिन् ।
    धार्मिक एवं साँस्कृतिकस्थल समेत रहेको तथा विभिन्न मन्दिरहरुको निकट अवस्थित उक्त धार्मिक महत्वको पोखरीमा आवश्यक सरसफाई, जिर्णाेधार, पुजाघाट लगायतको अभावले गर्दा छठ पर्व लगायत विभिन्न धार्मिक कार्यक्रमको अवसरमा पुजा विधी गर्न भक्तजनहरुलाई समस्या हुदै आएको थियो । 
     प्रदेश सभा सदस्य साहले आफ्नो संसदीय विकास कोषबाटै राजविराज नगरपालिकाको वडा नंं ४ मा केही दिन भित्रै सेफ हाउसको निर्माण कार्य समेत शूरु गरिने जानकारी दिएकी छिन । 
    उक्त अवसरमा वडा नं. ७ का अध्यक्ष सुभाषचन्द्र यादव, ३ का अध्यक्ष अनिल दास, जसपाका युवा नेता शैलेन्द्र यादव, संतोष कुमार साह लगायत स्थानीय भरभलादमीको उपस्थिती रहेको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन
चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन
डा. रन्जित झासँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण
डा. रन्जित झासँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण
एकै साथ विद्यार्थी राजनीति सुरु गरेका  दुई पार्टीका नेताहरु एउटै मञ्चमा
एकै साथ विद्यार्थी राजनीति सुरु गरेका दुई पार्टीका नेताहरु एउटै मञ्चमा
न्यायपालिकालाई सरकारले गोजीमा राख्न खोजेको छ ः अध्यक्ष यादव
न्यायपालिकालाई सरकारले गोजीमा राख्न खोजेको छ ः अध्यक्ष यादव
रोजगारीका लागी ८० वटा औधोगिक भवन तथा कलसेन्टर स्थापनको तयारी ः डा. राउत
रोजगारीका लागी ८० वटा औधोगिक भवन तथा कलसेन्टर स्थापनको तयारी ः डा. राउत
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
कृषि मन्त्री साहद्वारा पत्रकार महासंघलाई एक लाख सहयोग
कृषि मन्त्री साहद्वारा पत्रकार महासंघलाई एक लाख सहयोग
भन्सार कार्यालयको ९० प्रतिशत भन्दा बढी राजस्व संकलन
भन्सार कार्यालयको ९० प्रतिशत भन्दा बढी राजस्व संकलन
सवारीसाधनको दुर्घटना र मानवियक्षतिलाई  न्युनिकरण गर्ने जनचेतनामूलक ¥याली
सवारीसाधनको दुर्घटना र मानवियक्षतिलाई  न्युनिकरण गर्ने जनचेतनामूलक ¥याली