दैनिक समाचारदाता
राजविराज, २० पुस ।
केही दिनदेखी तराई मधेशमा बढ्दै गएको चिसोसँगै चलेको सितलहरले जनजिवन कष्टकर बन्दै गएको छ । यसैक्रममा अत्याधिक चिसोका कारण सप्तरीमा सोमबार बिहान कठ्याग्रीएर एक जनाको मृत्यु समेत भएको छ ।
मृत्यु हुनेमा महदेवा गाँउपालिका ४ का ६५ वर्षिय देवनारायण ठाकुर छन् । गाउपालिकाकी उपाध्यक्ष ममता यादबले विहान उठेर ढोका बाहिर निस्केका मण्डल कठ्याग्रीएर बेहोस भएपछि आफन्तले समहाल्न नपाउदै उनको मृत्यु भईसकेको बताइन् ।
केही दिन अघिको वर्षा संगै चिसो बढेपछि जनजिवन प्रभावित भएको छ । जिल्लाका निजी क्लिनिक तथा अस्पतालमा चिसोका बिरामी समेत बढेका छन् । चिसोका कारण निमोनिया, कोल्डडायरीया, दम, रुघाखोकी र श्वासप्रश्वास सम्बन्धी समस्या लिएर विरामी आउन थालेको गजेन्द्र नारायण सिह अस्पताल प्रशसनले जानकारी दिएको छ ।
विशेष गरि ग्रामिण क्षेत्रको विपन्न बस्तीमा चिसोले बढी प्रभाव पारेको देखिएको छ । टोल टोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ । अति विपन्न समुदायका व्यक्तिहरु चिसोले बढी प्रभावित भएको देखिन्छ । शरीरलाई न्यानो पार्न कपडा तथा दाउरा बाल्ने प्रबन्ध समेत नभएपछि उनीहरु अहिले जसोतसो जिवन यापन गर्दैछन् ।
यसैबीच मंगलवारै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा वसेको सर्वपक्षिय र सर्वदलिय बैठकले सर्वसाधारणलाई सितलहरको प्रकोपबाट जोगाउन पूर्व तयारी र प्रतिकार्यलाई सक्रियताका साथ अघि बढाउने निर्णय समेत गरेको छ ।
जिल्लाको सबै १८ वटै स्थानीय तहमा विपद ब्यवस्थापन समितीमार्फत सितलहरबाट जोगाउन सचेतना र दाउराको व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ ।
त्यस्तै सम्बन्धित गाँउ र नगरपालिकाले अति विपन्न परिवारको पहिचान गरी न्यानो कपडा र कम्बल वितरण गर्ने तथा कोरोनाको जोखिम न्युनिकरण र शान्ति सुरक्षालाई अझ सुदुढ बनाउन विविध निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिएका छन् ।
चिसोले एकको मृत्यु जनजिवन कष्टकर बन्दै
सारांश
- मृत्यु हुनेमा महदेवा गाँउपालिका ४ का ६५ वर्षिय देवनारायण ठाकुर छन् ।
- गाउपालिकाकी उपाध्यक्ष ममता यादबले विहान उठेर ढोका बाहिर निस्केका मण्डल कठ्याग्रीएर बेहोस भएपछि आफन्तले समहाल्न नपाउदै उनको मृत्यु भईसकेको बताइन् ।
- केही दिन अघिको वर्षा संगै चिसो बढेपछि जनजिवन प्रभावित भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया