पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा

राजविराज राजविराज
|
आइतबार, जेठ २८, २०८०
|
|
३५ पटक हेरिएको
Shares
पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा

सारांश

  •     मासिक एक करोड भन्दा बढी रकम तलबमै खर्च हुन थालेपछि नगरपालिकाले शुक्रबारदेखी लागु हुने गरि एकै साथ ६९ कर्मचारीलाई हटाएको थियो ।
  •       यता सेवाबाट हटाइएका कर्मचारीहरुले आफूहरुसँग कुनै छलफल र जानकारी समेत नदिई एकासी सेवाबाट हटाइएको सूचना जारि गरेर नगरपालिकाको ब्यवस्थापन पक्षले अन्याय गरेको बताएका छन् ।
  •       धर्नामा बसेकी अर्निका कुमारी यादवले विगत ८ वर्षदेखी नगरपालिकाको सामाजिक शाखामा मासिक ज्यालादारीमा कार्यालय सहायक पदमा काम गर्दै आएकी भन्दै पुनःनियुक्ति नगरेसम्म धर्ना जारि रहने बताइन् ।

दैनिक समाचारदाता
राजविराज, २८ जेठ । 

    राजविराज नगरपालिकाले ६९ जना दैनिक तथा मासिक ज्यालादारी कर्मचारीलाई शुक्रबार हटाउने निर्णय गरेसँगै ती कर्मचारीहरु आन्दोलित भएका छन् । जसअन्तरगत उनीहरु आइतबार कार्यालय खुल्नासाथ नाराबाजी गर्दै कार्यालय प्रवेशद्वार नजिकै धर्ना बसेका छन् ।
    मासिक एक करोड भन्दा बढी रकम तलबमै खर्च हुन थालेपछि नगरपालिकाले शुक्रबारदेखी लागु हुने गरि एकै साथ ६९ कर्मचारीलाई हटाएको थियो । 
    यता सेवाबाट हटाइएका कर्मचारीहरुले आफूहरुसँग कुनै छलफल र जानकारी समेत नदिई एकासी सेवाबाट हटाइएको सूचना जारि गरेर नगरपालिकाको ब्यवस्थापन पक्षले अन्याय गरेको बताएका छन् । 
    धर्नामा बसेकी अर्निका कुमारी यादवले विगत ८ वर्षदेखी नगरपालिकाको सामाजिक शाखामा मासिक ज्यालादारीमा कार्यालय सहायक पदमा काम गर्दै आएकी भन्दै पुनःनियुक्ति नगरेसम्म धर्ना जारि रहने बताइन् । 
    सेवाबाट हटाइएका मध्ये २० वर्षदेखी मासिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारी पनि परेका छन् । विगत ६ वर्षदेखी नगरपालिकाको बिजुली सडकबत्ति फाँटमा कार्यरत कर्मचारी लव मण्डलले एक्कासी सेवाबाट हटाउँदा बिचल्लीमा परेको दुखेको पोखे । 
    यस्तै २० वर्षदेखी मासिक ज्यालादारीमै काम गर्दै आएका सत्रुघन यादवले भने, “अर्को ठाउँमा जागिर गर्ने उमेर पनि नरहेकोले नगरपालिकाको पछिल्लो निर्णयले घर न घाटको बनाएको छ ।”
    यसैबीच नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति राजविराजले एक प्रेस विज्ञप्तिमार्फत कर्मचारी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । 
    समितिका अध्यक्ष कल्पना देवद्वारा आइतबारै जारि विज्ञप्तिमा नगरपालिकाको सो निर्णयको घोर भत्र्सना गर्दै नगरपालिकाबाट सहज, सरल र छिटो छरितो सेवा प्रदान गर्न तथा लामो समयदेखी काम गरेका कर्मचारीको जिवन यापनको खयाल गरि अलिम्ब सेवाबाट हटाइएका कर्मचारीहरुको पुनःनियुक्ति हुनुपर्ने माग गरिएको छ । 
    यस्तै राजविराज नगरपालिकाका निवर्तमान नगर प्रमुख शम्भु प्रसाद यादव तथा निवर्तमान वडा नं. ६ का अध्यक्ष प्रेम कुमार यादवले छुट्टाछुट्टै प्रेस विज्ञप्तिमार्फत कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नगरपालिकाद्वारा सेवाबाट हटाइएका कर्मचारीहरुलाई अविलम्ब बहाली गर्नुपर्ने माग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 
अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 
सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया
सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया
सन्तानको दिर्घायुको कामना गर्दै कठोर पर्व जितिया शुरु
सन्तानको दिर्घायुको कामना गर्दै कठोर पर्व जितिया शुरु
एक सय जनालाई “हिरोज अफ  मधेश” अवार्ड प्रदान गरिने
एक सय जनालाई “हिरोज अफ  मधेश” अवार्ड प्रदान गरिने
आवश्यक मर्मत एवं संरक्षणको अभावमा  रंगशाला गौचरणमा परिणत
आवश्यक मर्मत एवं संरक्षणको अभावमा  रंगशाला गौचरणमा परिणत
वास्तविक न्याय नपाएका निमुखाका लागि न्यायमा सहज पहुच पु¥याउनुपर्नेमा जोड 
वास्तविक न्याय नपाएका निमुखाका लागि न्यायमा सहज पहुच पु¥याउनुपर्नेमा जोड 
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए 
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए 
अपाङ्गताहरूको अधिकारका  सवालमा एकजुट हुनुपर्नेमा जोड
अपाङ्गताहरूको अधिकारका  सवालमा एकजुट हुनुपर्नेमा जोड
कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई