दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
मधेश प्रदेश सुरक्षा समन्वय समितिका अध्यक्ष एवं गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले ध्वनी प्रदुषण नियन्त्रणका लागि अग्रसरता देखाएका छन् ।
मधेश प्रदेशमा हुने गरेको विभिन्न खालका कार्यक्रममा ठूलो अवाजमा डिजे लगायतका साउण्ड सिस्टमले ध्वनी प्रदुषण भई स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको जनगुनासो बढन थाले पछि त्यसलाई नियन्त्रणका लागि प्रदेश सरकारले अग्रसरता देखाएको हो ।
मन्त्री लेखीले ध्वनी प्रदुषणले विभिन्न खालको समस्याहरु सृजना गर्ने गरेको ठहर गर्दै नियन्त्रणका लागि हरेक पक्षवाट समन्वय र सहयोगको अपेक्षा समेत गरेका छन् । उनले जनताको गुनासोलाई सम्बोधन गर्दै तत्काल ध्वनी प्रदुषण नियन्त्रण गर्नका लागि सुरक्षा निकायका प्रमुखहरुलाई बैठकमा निर्देशन समेत दिए ।
बैठकमा जनताले गरेका गुनासाहरु सुनाँउदै मन्त्री लेखीले ध्वनी प्रदुषणका कारण हृदयका रोगीहरुलाई विभिन्न खालका समस्या हुनुको साथ साथै एसइईका विद्यार्थीहरुलाई पठन पाठनमा समेत समस्या भइरहेकोले नियन्त्रणका लागि आवश्यक कदम लिनका लागि मन्त्रालय मातहतका निकायहरुलाई निर्देशन दिए ।
बैठकवाट ध्वनी प्रदुषण रोक्नका लागि प्रदेशभरीका जिल्ला प्रशासन कार्यालय, चारवटै सुरक्षा निकाय र प्रदेश भरीका स्थानीयतहलाई पत्रपठाउने निर्णयसहित पत्र पठाइएको मन्त्री लेखीले जानकारी दिए ।
मन्त्रालयले गरेका निर्णयलाई अटेर गर्नेलाई कानून अनुसारको कारवाही प्रक्रिया अगाडी बढाइने समेत बताइएको छ । गृह, सञ्चार तथा कानून मन्त्रालय समालेको केही दिनमै एक पछि अर्को गरी जनगुनासालाई सम्बोधन गर्न थालिएपछि मन्त्री लेखीले केही गर्ला भने मधेशको जनतामा आशा पलाएको छ ।
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता, ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
सारांश
- मधेश प्रदेशमा हुने गरेको विभिन्न खालका कार्यक्रममा ठूलो अवाजमा डिजे लगायतका साउण्ड सिस्टमले ध्वनी प्रदुषण भई स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको जनगुनासो बढन थाले पछि त्यसलाई नियन्त्रणका लागि प्रदेश सरकारले अग्रसरता देखाएको हो ।
- मन्त्री लेखीले ध्वनी प्रदुषणले विभिन्न खालको समस्याहरु सृजना गर्ने गरेको ठहर गर्दै नियन्त्रणका लागि हरेक पक्षवाट समन्वय र सहयोगको अपेक्षा समेत गरेका छन् ।
- उनले जनताको गुनासोलाई सम्बोधन गर्दै तत्काल ध्वनी प्रदुषण नियन्त्रण गर्नका लागि सुरक्षा निकायका प्रमुखहरुलाई बैठकमा निर्देशन समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया