मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
२५ पटक हेरिएको
Shares
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन

सारांश

  •     विश्वविद्यालयसभा (सिनेट) बैठकबाट उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन गर्ने निर्णय पारित भएको हो ।
  •     विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितमा जनकपुरधाममा भएको सिनेटको बैठकबाट बहुमतले पारित भएपछि डा महतो र ठाकुरलाई निलम्बन गरिएको हो ।
  •     प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले गत असोज ७ मा बुझाइएको प्रतिवेदनका आधारमा दुवैजना विश्वविद्यालयको अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले सिनेटबाट दुवैलाई बर्खास्त गर्ने निर्णय भएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ फागुन । 

    मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा. वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई पदबाट निलम्बन गर्ने निर्णय भएको छ ।
    विश्वविद्यालयसभा (सिनेट) बैठकबाट उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन गर्ने निर्णय पारित भएको हो ।
    विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितमा जनकपुरधाममा भएको सिनेटको बैठकबाट बहुमतले पारित भएपछि डा महतो र ठाकुरलाई निलम्बन गरिएको हो ।
    प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले गत असोज ७ मा बुझाइएको प्रतिवेदनका आधारमा दुवैजना विश्वविद्यालयको अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले सिनेटबाट दुवैलाई बर्खास्त गर्ने निर्णय भएको जनाइएको छ ।
    मङ्गलबार अबेर रातिसम्म चलेको बैठकमा विश्वविद्यालयका कुलपति एवं मुख्यमन्त्री सिंह, सहकुलपति एवं शिक्षा तथा संस्कृतिमन्त्री तिवारीलगायत विश्वविद्यालय सिनेटका पदाधिकारी तथा सदस्यहरू सहभागिता थियोे ।
    चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि बैठकबाट पारित भएको थियोे । लामो समयदेखि सभा नहुँदा विश्वविद्यालयमा आर्थिक कारोबार ठप्प भएपछि विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले तलब पाउन सकेका थिएनन् । 
    सेवा प्रदायकहरूले बक्यौता रकम नपाउँदा शैक्षिक सामग्री, इन्धन, विद्युत्, पानी, सञ्चारलगायत सेवा अवरोध गरेका छन् भने यहाँ अध्ययनरत कृषि विज्ञानका दुई सेमेस्टरका एक सय विद्यार्थीको नियमित पढाइ भएको छैन । नियमित पठनपाठन गराउने तथा विद्यमान समस्या समाधान गर्नका लागि यो बैठक बसेको बताइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका
कोशीको बाध तत्कालै मर्मत गर्न मन्त्रीद्वयद्वारा निर्देशन
कोशीको बाध तत्कालै मर्मत गर्न मन्त्रीद्वयद्वारा निर्देशन
जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो
१४ वर्षपछि हत्याका आरोपी बाबुछोरा पक्राउ 
१४ वर्षपछि हत्याका आरोपी बाबुछोरा पक्राउ 
जसपा नेपाल नगर कमिटिद्वारा हनुमाननगरको  नगरसभा यथासिघ्र गराउन माग
जसपा नेपाल नगर कमिटिद्वारा हनुमाननगरको  नगरसभा यथासिघ्र गराउन माग
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
दूध ब्यवसायका लागि तीन दिने तालिमको आयोजना
दूध ब्यवसायका लागि तीन दिने तालिमको आयोजना
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने