दैनिक समाचारदाता
राजविराज, १० माघ ।
स्व. गजेन्द्र नारायण सिँहको १७ औ पुण्यतिथिको अवसरमा बिहीबार राजविराजमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
मधेशीको अधिकार र मधेशको हकहितका लागि आवाज उठाउने मधेशका मसिहा स्व. सिंहको पुण्यतिथिमा राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले राजविराजस्थित गजेन्द्र चौकमा माल्यापर्ण तथा मिठाई बितरण गरेको छ ।
राजपा नेपालका उपाध्यक्ष शेखर सिंह, राजपाका सहमहासचिव गजेन्द्र कुमार मण्डल, जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव, बिनोद यादव, नेपाल भारत यूवा मैत्री संघ सप्तरीका अध्यक्ष किशोर यादव, प्रदेश सांसद नेत्रबिक्रम साह, यूवा नेता निरज झा लगायत स्थानिय नेता तथा कार्यकर्ताहरुले स्व. सिंहको शालिकमा माल्यार्पण गरेका छन् ।
सोही अवसरमा सार्वजनिक रुपमा लडु बितरण समेत गरिएको छ । यस्तै बिहीबारै जिल्ला समनवय समिति सप्तरीमा अन्तरक्रिया गरिएको छ ।
राजपा नेपाल सप्तरीका संयोजक सतिश सिंहको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा राजपा नेपालका सहमहासचिव गजेन्द्र कुमार मण्डल, समन्वय समितिका सभापति प्रभाकर यादव, बिनोद यादव, किशोर यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
स्व. सिंहको शालिकमा माल्यार्पण तथा मिठाई बितरण
सारांश
- मधेशीको अधिकार र मधेशको हकहितका लागि आवाज उठाउने मधेशका मसिहा स्व.
- सिंहको पुण्यतिथिमा राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले राजविराजस्थित गजेन्द्र चौकमा माल्यापर्ण तथा मिठाई बितरण गरेको छ ।
- राजपा नेपालका उपाध्यक्ष शेखर सिंह, राजपाका सहमहासचिव गजेन्द्र कुमार मण्डल, जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव, बिनोद यादव, नेपाल भारत यूवा मैत्री संघ सप्तरीका अध्यक्ष किशोर यादव, प्रदेश सांसद नेत्रबिक्रम साह, यूवा नेता निरज झा लगायत स्थानिय नेता तथा कार्यकर्ताहरुले स्व.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया