दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
साउन महिनाको पहिलो साता सम्म पनि वर्षा नहुँदा धान रोपाई प्रभावित भएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा मात्र ३२ प्रतिशत धान रोपाई भएको छ ।
आवश्यक सिंचाईको सुविधा जिल्लामा नभएकोले रोपाइू हुन नसक्दा यहाूका किसानहरु चिन्तित बनेका छन् । आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका किसान पानी नपरेको कारण रोपाई गर्न सकेको छैन् भने बोर्डिङ्ग र मोटरको प्रयोगबाट सिंचाई गरेर रोपिएको खेतमा पनि धान सुक्न थालेको छ ।
जिल्लाको १८ वटा पालिका मध्ये दक्षिणी भेगका हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र राजगढ गाउँपालिकामा ६० प्रतिशत धान रोपाई भएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतले जानकारी दिएका छन् ।
जिल्लाको दक्षिणी भेगमा पश्चिमी कोशी नहरको सिंचाई पुगेका जग्गामा ६० प्रतिशत, मध्य भागमा कोशी पम्प नहरको सिंचाई पुगेका जग्गामा ३२ प्रतिशत र उत्तरी भेगमा बोरिङ गरेर मोटरको प्रयोगबाट सिंचाई गरी १५ प्रतिशत धान रोपाई भएको प्रमुख राउतले बताए ।
गत वर्ष सप्तरीमा २ लाख ७४ हजार एक सय ७६ मेट्रिकटन धान उत्पादन भएको थियो । यहाँ कुल ८१ हजार ६ सय ६८ हेक्टर खेती योग्य जग्गा रहेकोमा ६८ हजार हेक्टरमा धान रोपाईं हुँदै आएको थियो ।
असारको सुरुमा एक÷दुई पटक वर्षा भएपनि रोपाइका लागि उक्त वर्षा पर्याप्त भएन् । यता नहरहरुको संरचना जीर्ण भईसकेकोले त्यसलाई सरकारले मर्मत सम्भार नगर्दा उपलब्ध हुने सिंचाई समेत प्रभावित भएको छ ।
जिल्लाका किसानहरुलाई कतैबाट सिंचाईको सुविधा नभएपछि बाध्य भई हाल महंगो दरमा डिजेल खरीद गरी पम्पीसेटबाट जसोतसो रोपाइू सुरु गरेका छन् ।
यस्तै किसानहरुलाई सिंचाईसूगै सहुलियत दरमा मलखाद्य तथा विउ विजन समेत उपलब्ध भईरहेको छैन । आवश्यकता अनुसारको मलखाद्य तथा विउविजन यहाूका किसानहरुलाई सहुलियत दरमा समयमा उपलब्ध नहुूदा जोखिम मोलेर भारतबाट ल्याउन बाध्य भएका छन् । भारतबाट ल्याउने मल गुणस्तरहिन भएको किसानहरुकै भनाई छ ।
जिल्लामा अहिलेको जस्तै रोपाइँको अवस्था रह्यो भने आउँदो दिनमा यहाू खाद्य संकट हुने सम्भावना समेत बढेको छ ।
यता गत असार २६ गते मधेश प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
तर अहिले सम्म केही स्थानमा खानेपानी वितरण गर्नुबाहेक किसानका लागि कुनै योजना वा राहत ल्याउन सकेको छैनन् ।
वर्षा नहुँदा धान रोपाई प्रभावित
सारांश
- आवश्यक सिंचाईको सुविधा जिल्लामा नभएकोले रोपाइू हुन नसक्दा यहाूका किसानहरु चिन्तित बनेका छन् ।
- आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका किसान पानी नपरेको कारण रोपाई गर्न सकेको छैन् भने बोर्डिङ्ग र मोटरको प्रयोगबाट सिंचाई गरेर रोपिएको खेतमा पनि धान सुक्न थालेको छ ।
- जिल्लाको १८ वटा पालिका मध्ये दक्षिणी भेगका हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र राजगढ गाउँपालिकामा ६० प्रतिशत धान रोपाई भएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया