निर्माण व्यवसायीमा तीन समूहको उम्मेदवारी

राजविराज राजविराज
|
बुधबार, माघ १०, २०८०
|
|
१९ पटक हेरिएको
Shares
निर्माण व्यवसायीमा तीन समूहको उम्मेदवारी

सारांश

  •     अध्यक्षमा तीन जनासहित कुल जम्मा ४१ जना उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत रामअशिश प्रसाद साहले जानकारी गराए ।
  • अध्यक्षमा सतिश चन्द्र मिश्र, संतोष कुमार दास र भोगेन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।
  •       संघमा प्यानल गत उम्मेदवारी हुने व्यवस्था नरहेपनि निर्माण व्यवसायीहरु आन्तरिक रुपमा तीनै जना अध्यक्षका प्यानलमा रहेको उम्मेदवारहरुले बताए ।

दैनिक समाचारदाता
राजविराज १० माघ । 

    निर्माण व्यवसायी संघ सप्तरीको कार्य समितिको लागि हुने निर्वाचनमा व्यवसायीहरुले तीन समूहमा उम्मेदवारी दर्ता गराएका छन् ।
    अध्यक्षमा तीन जनासहित कुल जम्मा ४१ जना उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत रामअशिश प्रसाद साहले जानकारी गराए । अध्यक्षमा सतिश चन्द्र मिश्र, संतोष कुमार दास र भोगेन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । 
    संघमा प्यानल गत उम्मेदवारी हुने व्यवस्था नरहेपनि निर्माण व्यवसायीहरु आन्तरिक रुपमा तीनै जना अध्यक्षका प्यानलमा रहेको उम्मेदवारहरुले बताए । तर सबै पदमा प्यानलगत उम्मेदवारी रहेको छैन । 
    उम्मेदवारी दिनेमा प्रथम उपाध्यक्षको पदमा भुपेन्द्र यादव, गोपि कृष्ण यादव र दिपक कुमार चौधरी छन् भने द्वितीय उपाध्यक्षमा राजीव कुमार साह र कैलाश प्रसाद देवले उम्मेदवारी दर्ता गराएका छन् । 
    त्यसैगरी महासचिवको पदमा दुई जना मात्र उम्मेदवारी दर्ता गराएका छन् । अहिले महासचिव रहेका अमृत लाल साहले उम्मेदवारी दिएका छन् भने उनको प्रतिस्पर्धामा घनश्याम साह रहेका छन् । सचिव पदमा न्युटन यादव, शिव नारायण यादव र प्रमोद कुमार मण्डलले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्ष पदमा पनि तीन जना मदन प्रसाद यादव, रमानन्द यादव र दिवाकर कुमार सिंहले उम्मेदवारी दिएका छन् । सिंह अहिले पनि कोषाध्यक्ष रहेका छन् ।
    सह–कोषाध्यक्षका पदमा सुरेन्द्र कुमार मण्डल, उमेश प्रसाद यादव र दिपेन्द्र कुमार दासले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
    ‘ख’,‘ग’ र ‘घ’ गरी तीन स्तरका सदस्य निर्वाचित हुने प्रक्रिया रहेकोमा दुई पद रहेको ख वर्गका लागि जगदिश प्रसाद अर्याल र उदय श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
    त्यस्तै दुर्ई पद रहेको ग वर्गको लागि अनवर दफाली, कुशेश्वर साह, प्रभावकर यादव र विश्वनाथ कुमार दासले उम्मेदवारी दिएका छन् ।
    त्यसैगरी नौ पद रहेको घ वर्गमा  १६ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेहरुमा निरज कुमार चौधरी, मो. मासुम अलि, संतोष कुमार सिंन्हा, उमाकान्त साह, रंजित चौधरी, विजय कुमार रजक, निलेश कुमार झा, कृष्ण चन्द्र यादव(पिन्टु), पुरुषोतम प्रसाद चौधरी, भुव नारायण यादव, सत्यनारायण चौधरी, विष्णु प्रसाद देव, रामचन्द्र यादव, मुकेश कुमार यादव, अमरेन्द्र यादव र पवन कुमार मगरदैता रहेका छन् । 
    निर्वाचन प्रमुख साहका अनुसार ९ गते देखि ११ गते सम्म उम्मेदवारी फिर्ता लिने र दाबी विरोधका कार्यक्रमहरु रहेकोले ११ गते नै उम्मेदवारको अन्तिम टुङ्गो लाग्ने र १३ गते मतदान हुनेछ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेस्तोलसहित दुई पक्राउ
पेस्तोलसहित दुई पक्राउ
रगतको चरम अभाव भएपछि रक्तदान
रगतको चरम अभाव भएपछि रक्तदान
महामारीको समयमा पनि बैंकर्सले व्यापारीलाई सहुलियत दिएनन् ः उवास अध्यक्ष प्रधान, व्यापारीलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो
महामारीको समयमा पनि बैंकर्सले व्यापारीलाई सहुलियत दिएनन् ः उवास अध्यक्ष प्रधान, व्यापारीलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो
अन्तराष्ट्रिय आप्रवासन दिवसमा रक्तदान  तथा मैनबत्ति प्रज्ववलन
अन्तराष्ट्रिय आप्रवासन दिवसमा रक्तदान  तथा मैनबत्ति प्रज्ववलन
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
करेन्ट लागेर एक बालकको ज्यान गयो
करेन्ट लागेर एक बालकको ज्यान गयो
एक महिना भित्र सडकहरुको निर्माण सम्पन्न गर्न मन्त्री यादवद्वारा निर्देशन
एक महिना भित्र सडकहरुको निर्माण सम्पन्न गर्न मन्त्री यादवद्वारा निर्देशन
राजविराजको ६ वटा वडामा जसपा तथा एमाले र लोसपा एक÷एक वडामा निर्वाचित
राजविराजको ६ वटा वडामा जसपा तथा एमाले र लोसपा एक÷एक वडामा निर्वाचित
गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 
गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 
गृह मन्त्रालयको पत्राचार सदर,  सर्वोच्चको आदेशपछि जन्मसिद्धका  सन्तानले अब वंशजको नागरिकता पाउने….
गृह मन्त्रालयको पत्राचार सदर, सर्वोच्चको आदेशपछि जन्मसिद्धका  सन्तानले अब वंशजको नागरिकता पाउने….