दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
चौथो निर्वाचन दिवसको अवसरमा मंगलबार निर्वाचन र लोकतन्त्र विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीको आयोजना जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. १ खुरहुरियास्थित श्री जनता माविमा सो प्रतियोतिाको आयोजना गरिएको हो ।
विद्यालयका ११ जना विद्यार्थीहरुले सो प्रतियोगितामा सहभागिता जनाएका थिए । जसमा कक्षा १० का देवदत्त शर्मा प्रथम, सोही कक्षाकी ज्योति ठाकुर द्वितिय र कक्षा ९ का नारायण ठाकुर तृतीय घोषित भए ।
जिल्ला निर्वाचन कार्यालयका अधिकारी दिलिप कुमार यादवको अध्यक्षता तथा विष्णुपुर गाउँपालिका अध्यक्ष लिलाम्बर यादवको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताका प्रथम, द्वितिय र तृतीय विद्यार्थीहरुलाई क्रमशः दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सय नगद पुरस्कार प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
आयोजित कार्यक्रममा विद्यालयका प्रअ सूर्यनारायण यादव, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको जनाइएको छ ।
निर्वाचन दिवसको अवसरमा वक्तृत्वकला
सारांश
- जिल्ला निर्वाचन कार्यालय सप्तरीको आयोजना जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं.
- १ खुरहुरियास्थित श्री जनता माविमा सो प्रतियोतिाको आयोजना गरिएको हो ।
- विद्यालयका ११ जना विद्यार्थीहरुले सो प्रतियोगितामा सहभागिता जनाएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया