प्रहरीमाथी गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई १२ वर्ष कैद

राजविराज राजविराज
|
शुक्रबार, माघ २७, २०७९
|
|
२५ पटक हेरिएको
Shares
प्रहरीमाथी गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई १२ वर्ष कैद

सारांश

  •     पाँच वर्ष अघि प्रहरी चौकी विसनपुरमा कार्यरत प्रहरी हवल्दार महेन्द्र सतरामाथि गोली प्रहार गरेको आरोपमा सप्तरीको खडक नगरपालिका निवासी अशोक साह र पूर्वसैनिक पशुपति चौधरीलाई सप्तरी जिल्ला अदालतले १२÷१२ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
  •       जिल्ला न्यायाधिश हेमन्त रावलको इजलासले बिहिवार आरोपितहरुलाई ज्यान मार्ने उद्योग कसुरमा ८ वर्ष र संगठित अपराध अन्तरगतको कसुरमा ४ वर्ष गरी १२ वर्ष कैद सजायको फैसला गरेको अदालतको सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए ।
  •       खडक नगरपालिका ८ विसनपुर चौकमा २०७५ माघ २ गते राती गस्तीमा रहेका बेला प्रहरी हवल्दार सतरा माथि गोली प्रहार भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २७ माघ । 

    प्रहरीमाथि गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई अदालतले १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । 
    पाँच वर्ष अघि प्रहरी चौकी विसनपुरमा कार्यरत प्रहरी हवल्दार महेन्द्र सतरामाथि गोली प्रहार गरेको आरोपमा सप्तरीको खडक नगरपालिका निवासी अशोक साह र पूर्वसैनिक पशुपति चौधरीलाई सप्तरी जिल्ला अदालतले १२÷१२ वर्ष कैद सजायको फैसला सुनाएको हो । 
    जिल्ला न्यायाधिश हेमन्त रावलको इजलासले बिहिवार आरोपितहरुलाई ज्यान मार्ने उद्योग कसुरमा ८ वर्ष र संगठित अपराध अन्तरगतको कसुरमा ४ वर्ष गरी १२ वर्ष कैद सजायको फैसला गरेको अदालतको सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए । 
    खडक नगरपालिका ८ विसनपुर चौकमा २०७५ माघ २ गते राती गस्तीमा रहेका बेला प्रहरी हवल्दार सतरा माथि गोली प्रहार भएको थियो ।
    काठमाडौंस्थित महराजगन्ज शिक्षण अस्पतालमा घाइते प्रहरी हवल्दार सतराको शरीरबाट गोली निकाली उपचार गरिएको थियो । उनको कम्मरमुनिको भाग चल्न नसक्दा अहिले घरमै कष्टकर जीवन बिताइरहेका छन् । 
    पीडितका दाजु इन्द्रदेवले उजुरी दिएपछि २०७५ साल माघ २ गते चौधरी पक्राउ परेका थिए । यस्तै २०७८ साल असार २९ गते साह स्वयम् अदालतमा उपस्थित भएका थिए । दुबै जना पुर्पक्षका लागि कारागारमा रहेका बेला अदालतको अन्तिम फैसला आएको हो । 
    घटनाका अर्का आरोपित भनिएका सुरुङ्गा नगरपालिका ६ कडरबोनाका ३० वर्षिय दिपेश भन्ने दिपेन्द्र चौधरी २०७५ माघ ९ गते प्रहरीसँगको मुठभेडमा मारिएका थिए । 
    आरोपित सबै तराईमा सशस्त्र आन्दोलरत प्रगतिशील तराई मुक्ति मोर्चाको कार्यकर्ता रहेको प्रहरी अनुसन्धानको क्रममा खुलेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा प्रचण्ड नेपाल समुहका सात जना पक्राउ
नेकपा प्रचण्ड नेपाल समुहका सात जना पक्राउ
सप्तरीका विवेक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा 
सप्तरीका विवेक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा 
नाबालिका माथी ६८ वर्षिय  बृद्धद्वारा यौन दुव्र्यबहार
नाबालिका माथी ६८ वर्षिय  बृद्धद्वारा यौन दुव्र्यबहार
भारु नोटको अभाव भएको भन्दै राष्ट्रिय मुक्ती पार्टीद्वारा सटही काउन्टर पुनःसंचालनको माग 
भारु नोटको अभाव भएको भन्दै राष्ट्रिय मुक्ती पार्टीद्वारा सटही काउन्टर पुनःसंचालनको माग 
बाबुआमाको एचआइभी एड्सबाट मृत्युपछि  छोरीपनि सोही समस्याले सिकिस्त 
बाबुआमाको एचआइभी एड्सबाट मृत्युपछि  छोरीपनि सोही समस्याले सिकिस्त 
दोषीलाई कारबाहीको माग गर्दै ईन्जिनियरहरुले बुझाए ज्ञापन
दोषीलाई कारबाहीको माग गर्दै ईन्जिनियरहरुले बुझाए ज्ञापन
पूर्वसभापति खतिवडाका छोरी, ज्वाई  र नातीको जहाज दुर्घटनामा मृत्यु,  पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
पूर्वसभापति खतिवडाका छोरी, ज्वाई  र नातीको जहाज दुर्घटनामा मृत्यु,  पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
सद्भाव ¥यालीसहित “मोहम्मद डे” मनाइयो 
सद्भाव ¥यालीसहित “मोहम्मद डे” मनाइयो 
सप्तरीका एक पत्रकारसहित १८ जना कोरोना संक्रमित
सप्तरीका एक पत्रकारसहित १८ जना कोरोना संक्रमित