दैनिक समाचारदाता
राजविराज, २७ असार ।
सप्तरीमा महिला र बालबालिका हिंसाका घटनामा बृद्धि भएको आइतबार राजविराजमा आयोजित एक कार्यक्रममा तथ्याङ्क मार्फत सार्वजनिक गरिएको छ ।
नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ का लागि सप्तरीमा संकलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा सम्पन्न अद्र्धबार्षिक समीक्षा गोष्ठीमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
इन्सेक सप्तरीले सन् २०२१ को जनवरीदेखि जुनसम्मको अवधिमा ५५ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको जनाएको छ ।
इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गरेका प्रतिवेदनमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ३ हटेलकी ९ वर्षीया शिवानीकुमारी यादवको बलात्कार गरी हत्या गरेको आरोपमा छिमेकी १९ वर्षीय रोहितकुमार यादव पक्राउ परेको जनाएका छन् ।
बालिका बलात्कारका १२ घटनामा ५÷६ देखि १८ वर्षका १३ जना पीडित भएका छन् । आरोपितमा १५ देखि ७१ वर्षका १३ जना छन् । आरोपितमध्ये बुवासहित ४ जना पुर्पक्षका लागि थुनामा छन, ६ जना फरार, १ बालक अभिभावकको जिम्मामा र १ धरौटीमा रिहा भएको तर, एउटा उजुरी दर्ता नभएको प्रतिवेदनमा उल्लेख छ ।
महिला बलात्कारका ६ घटना, गैरराज्यबाट २ पुरुषको कुटपिटमा हत्या, बालयौन दुव्र्यवहारको ३ घटना, महिला बलात्कार प्रयासका ६ घटना, बहुविवाहका ४ घटना लगायतका घटना प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आयोजित गोष्ठीमा कार्यक्रमका प्रमुख जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीले आ–आफ्नो क्षेत्रबाट मानव अधिकार संरक्षणमा जिम्मेवार भूमिका निर्वाह गर्न इन्सेकले प्ररित गरेको बताउँदै मानव अधिकार हननका घटना कम गर्न तथा शिघ्र र सुलभ न्यायमा पहुँच पु¥याउन सबैको सतर्कता जरुरी रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पदीय व्यक्तिमा आफूलाई विशेष ठान्ने मानसिकता र सर्वसाधारणमा चेतनाको अभाव ठूलो समस्याका रुपमा रहेको बताए ।
राजविराज नगर उपप्रमुख साधना झाले जनता सचेत नभएसम्म परिवर्तन असम्भव रहेको भन्दै मानसिकतामा परिवर्तन नल्याएसम्म समस्या राखेर मात्र परिवर्तन नहुने बताइन् ।
इन्सेकका केन्द्रीय सदस्य एवम प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको अध्यक्षतामा भएको गोष्ठिमा जिल्ला बार इकाई सप्तरीका अध्यक्ष डोमन साह, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्र साह, अधिवक्ता मनु खनाललगायतले विभिन्न सुझाव र जिज्ञासा राखेका थिए ।
गोष्ठीमा जेष्ठ नागरिक महासंघका प्रदेश २ अध्यक्ष शंकर शारदा, महिला मानवअधिकार रक्षक सञ्जाल सप्तरीका अध्यक्ष एवम् एकल महिला समूहकी प्रदेश २ अध्यक्ष अनिता देवकोटा, सप्तरीकी दोस्रो शिक्षिका मन्जु श्रेष्ठ, कारागार कार्यालय प्रमुख सुमन कोइराला, रासस सप्तरी प्रमुख नानीमैया कटवाल, निलहिरा समाजका रामप्रसाद चौधरी, समग्र जनउत्थान केन्द्रकी सुष्मा गुप्ता, जिल्ला कानुनी सहायता अधिकृत रामप्रसाद गौतमलगायतले प्रतिवेदनमाथि टिप्पणी र सुझाव राखेका थिए ।
सप्तरीमा महिला र बालबालिका हिंसाका घटनामा बृद्धि ः इन्सेक
सारांश
- नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ का लागि सप्तरीमा संकलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा सम्पन्न अद्र्धबार्षिक समीक्षा गोष्ठीमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
- इन्सेक सप्तरीले सन् २०२१ को जनवरीदेखि जुनसम्मको अवधिमा ५५ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको जनाएको छ ।
- इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गरेका प्रतिवेदनमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ३ हटेलकी ९ वर्षीया शिवानीकुमारी यादवको बलात्कार गरी हत्या गरेको आरोपमा छिमेकी १९ वर्षीय रोहितकुमार यादव पक्राउ परेको जनाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया