दैनिक समाचारदाता
राजविराज, २० चैत ।
६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लि.राजविराजले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
जिल्लाभरका सहकारी संस्थाको ब्यापक सहभागितामा मंगलबार सदरमुकाम राजविराजमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।
“सहकारीमा सुशासन, प्रविधी र एकिरण” भन्ने मूल नारा सहित प्रभातफेरी गरिएको हो । आर्थिक अराजकलाई कारवाही गर, सहकारीको सुरक्षा गर, राजनैतिक स्वार्थका लागी सहकारीको प्रयोग बन्द गर, सहकारीको ऋण समय मै तिरी बचतकर्ताको रकम सुरक्षित गरौ, सहकारीको स्वस्थ्य विकास मिटरव्याजीको हुन्छ विनास” लगायतका नारा लेखिएको प्लेकार्ड बोकेके ¥याली स्थानीय शिव मन्दिरको प्राङ्गणबाट सूरु भएर बजार क्षेत्रको परिक्रमा गरेको थियो ।
¥यालीमा राष्ट्रिय सहकारी बैंक लि.,आईडियल सहकारी संस्था लि., नेपाल सहकारी संस्था लि., जनज्योति कृषि सहकारी संस्था लि., जनमुखी बहुउदेश्यीय सहकारी संस्था लि., नवोदय सहकारी संस्था लि., साईकृषी सहकारी संस्था लि., प्रभु बचत तथा ऋण सहकारी संस्था लि., जिल्ला दुग्घ उत्पादक संस्था लि लगायत दर्जनौं भन्दा बढी संघ संस्थाको सहभागिता रहेको आयोजक जिल्ला सहकारी संघ लि.राजविराजका अध्यक्ष विनोद दत्तले जानकारी दिए ।
प्रभातफेरी पश्चात जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित अन्तरकृया कार्यक्रममा जिल्ला सहकारी संघ लि.का अध्यक्ष दत्त, प्रबन्धक रमेश प्रसाद गुप्ता, कार्यक्रम संयोजक सविता न्यौपाने, सदस्य गणेश कुमार आश, सचिन्द्र दास, गोपाल प्रसाद गुप्ता, मनोज यादव, मत्सय पशुपंक्षी सहकारी संघका केन्द्रिय सदस्य तेज नारायण यादव, महुली दुग्घ उत्पादक सहकारी संघका दिपेन्द्र आर्चाय, भुवन आर्चाय, राष्ट्रिय सहकारी बंंैकका प्रबन्धक विरबल राजवंशी लगायतले बोल्दै सहकारीकर्मीहरुले भोग्नु परेको समस्या र यसको समाधानका लागी आ–आफनो धारणा राखेका थिए ।
सहकारी दिवसको अवसरमा प्रभातफेरी र अन्तरक्रिया
सारांश
- जिल्लाभरका सहकारी संस्थाको ब्यापक सहभागितामा मंगलबार सदरमुकाम राजविराजमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।
- “सहकारीमा सुशासन, प्रविधी र एकिरण” भन्ने मूल नारा सहित प्रभातफेरी गरिएको हो ।
- आर्थिक अराजकलाई कारवाही गर, सहकारीको सुरक्षा गर, राजनैतिक स्वार्थका लागी सहकारीको प्रयोग बन्द गर, सहकारीको ऋण समय मै तिरी बचतकर्ताको रकम सुरक्षित गरौ, सहकारीको स्वस्थ्य विकास मिटरव्याजीको हुन्छ विनास” लगायतका नारा लेखिएको प्लेकार्ड बोकेके ¥याली स्थानीय शिव मन्दिरको प्राङ्गणबाट सूरु भएर बजार क्षेत्रको परिक्रमा गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया