दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आगामी चैत्र २ गते देखि श्री रामचरित्र मानस अन्तराष्ट्रिय अश्वमेघ महायज्ञको आयोजना हुने भएको छ । आयोजक समितीले आईतवार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।
विश्वशान्ति, हिन्दुधर्मको रक्षा तथा प्रचार प्रसार र मानव कल्याणको कामनाका साथ आयोजना गरिने महायज्ञमा १० लाख भन्दा बढीको सहभागीता हुने सम्मेलनमा महायज्ञ आयोजक समितीका अध्यक्ष ओम प्रकाश यादवले जानकारी दिएका छन ।
१३ दिन सम्म चल्ने उक्त महायज्ञमा नेपाल तथा भारतका विभिन्न विद्वान लगायत साधु, सन्तहरुको व्यापक सहभागिता हुने तथा महायज्ञको उदघाटनका दिन १० हजार महिलाको सहभागितामा कलश यात्रा तथा महायज्ञ अवधीभर घोडाद्वारा हिन्दु धर्मको रक्षाका लागी सन्देशमुलक नारा सहित आसपासका क्षेत्रमा समेत प्रचार प्रसार गरिने आयोजक समितीका सचिव रामचन्द्र मण्डलले जानकारी दिए ।
जिल्लामै पहिलो पल्ट यस प्रकारको महायज्ञको आयोजना हुन लागेको हन्सपुृर स्थित जानकी मन्दीरका महन्थ देवदास निर्माण(राम रतन दासले दाबी गरे ।
महायज्ञमा भारतका डा.मानस मधुकर, राजेश पण्डित, नेपालका यज्ञाचार्य सुभाष मिश्र, अशोक मिश्र तथा विभिन्न साधुसन्तहरुद्वारा द्वारा प्रवचन तथा गौतम राशलिला र रामलिला प्रस्तुत गरिने आयोजक समतिीका उपाध्यक्ष सतेन्द्र कुमार मण्डलले जानकारी दिए ।
धार्मिक कार्यक्रमका साथै महायज्ञ अवधीभर मनोरंजनका लागी राम झुला, सरकस, जादु, कुश्ती लगायतका खेल तमासा पनि आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने
सारांश
- विश्वशान्ति, हिन्दुधर्मको रक्षा तथा प्रचार प्रसार र मानव कल्याणको कामनाका साथ आयोजना गरिने महायज्ञमा १० लाख भन्दा बढीको सहभागीता हुने सम्मेलनमा महायज्ञ आयोजक समितीका अध्यक्ष ओम प्रकाश यादवले जानकारी दिएका छन ।
- १३ दिन सम्म चल्ने उक्त महायज्ञमा नेपाल तथा भारतका विभिन्न विद्वान लगायत साधु, सन्तहरुको व्यापक सहभागिता हुने तथा महायज्ञको उदघाटनका दिन १० हजार महिलाको सहभागितामा कलश यात्रा तथा महायज्ञ अवधीभर घोडाद्वारा हिन्दु धर्मको रक्षाका लागी सन्देशमुलक नारा सहित आसपासका क्षेत्रमा समेत प्रचार प्रसार गरिने आयोजक समितीका सचिव रामचन्द्र मण्डलले जानकारी दिए ।
- जिल्लामै पहिलो पल्ट यस प्रकारको महायज्ञको आयोजना हुन लागेको हन्सपुृर स्थित जानकी मन्दीरका महन्थ देवदास निर्माण(राम रतन दासले दाबी गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया