दुई मोटरसाइकल ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते

राजविराज राजविराज
|
बिहिबार, चैत्र १६, २०७९
|
|
२० पटक हेरिएको
Shares
दुई मोटरसाइकल ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते

सारांश

  •     पछिल्लो पटक बिहीबार बिहान १०ः३० बजे हनुमाननगर कंकालनि नगरपालिका ८ जोगिनियास्थित भारदह हनुमाननगर सडक खण्डमा हनुमाननगरबाट भारदहतर्फ जादै गेको स.
  • १०प.
  • २९३५ नं.

दैनिक समाचारदाता
राजविराज, १६ चैत ।

    सप्तरीमा छुट्टाछुट्टै स्थानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा पाँच जना तथा अन्य मोटरसाइकल दुर्घटनामा गरि ८ जना घाइते भएका छन् । 
    पछिल्लो पटक बिहीबार बिहान १०ः३० बजे हनुमाननगर कंकालनि नगरपालिका ८ जोगिनियास्थित भारदह हनुमाननगर सडक खण्डमा हनुमाननगरबाट भारदहतर्फ जादै गेको स.१०प. २९३५ नं. को मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको मधेश प्र.०६–००१प.७२२३ नं.को मोटरसाइकल एक आपसमा ठोकिएको छ । 
    दुबै मोटरसाइकल ठक्कर खाँदा स.१०प.२९३५ नं.को मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका ललापट्टी निवासी ३५ वर्षिय निरज मण्डल र मधेश प्रदेश ०६–००१ प.७२२३ नं.को मोटरसाइकल चालक कंचनरूप १ निवासी १८ वर्षिय श्रवण नायकको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको उपचारका लागि न्युरो अस्पताल बिराटनगर पठाईएको प्रहरीले जनाएको छ । 
    यस्तै सोही दुर्घटनामा मधेश प्रदेश ०६–००१ प.७२२३ नं.को मोटरसाइकल पछाडी सवार १५ वर्षिय सविन महतोको दाहिने हात र खुट्टामा चोट लागेकोले भारदह अस्पतालमा उपचार भइरहेको छ । 
    यस्तै जिल्लाको राजगढ गाउँपालिकामा बुधबार भएको मोटरसाइकल दुर्घटना एक महिलासहित पाँच जना घाइते भएका छन् । 
    राजगढ वडा नं. ५ मलेखपुरस्थित हुलाकी सडक खण्डमा पुर्बबाट पश्चिमतर्फ जादै गरेको स.८प. ८२४६ न. को मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । 
    ठक्करबाट पैदलयात्री भारतको वेस्ट बंगाल निवासी २० वर्षिय रिजाबुल मियाँ घाइते भएका छन् । सोही दुर्घटनामा मोटरसाइकल चालक वडा नं. ४ बस्ने ३४ वर्षिय भुपेन्द्र यादव र उनकी २६ वर्षिया श्रीमती मीना देवी यादवसमेत घाइते भएको प्रहरीले जनाएको छ । तिनै जनाको स्थानिय मेडिकलमा उपचार भईरहेको छ । 
    यसैगरि सोही दिन राजगढकै वडा नं. ३ झौरहा चौकमा झौरहा चौकबाट आन्द्रा मण्ठतर्फ जादै गरेको स.४प.९२६१ नं. को मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको एचआर०२एयू३९३६ भारतीय प्लेट नं. को मोटरसाइकल ठोकिदा दुबैको सवारीको चालक घाइते भएका छन् । 
    घाइते हुनेमा स.४प.९२६१ नं. को मोटरसाइकल चालक वडा नं. १ निवासी २० वर्षिय दिपक साह र एचआर०२एयू३९३६ भारतीय प्लेट नं. को मोटरसाइकल चालक वडा नं. ६ निवासी २५ वर्षिय धर्मदेव मुखिया रहेका छन् । 
    दुबै जनालाई छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको छ भने दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होली महोत्सव आयोजना हुने 
होली महोत्सव आयोजना हुने 
निवर्तमान प्रमुख साहद्वारा नवनिर्वाचितलाई  बधाई र मतदातालाई धन्यवाद 
निवर्तमान प्रमुख साहद्वारा नवनिर्वाचितलाई  बधाई र मतदातालाई धन्यवाद 
दुर्गा सेकेण्ड्री सेमिफाईनलमा प्रवेश
काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
सरकारले जनताको जीउधनको सुरक्षा  गर्न सकेन् ः जसपा अध्यक्ष यादव
सरकारले जनताको जीउधनको सुरक्षा  गर्न सकेन् ः जसपा अध्यक्ष यादव
वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न
वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
एक महिनाको अवधीमा ६६ जना फरार प्रतिवादी पक्राउ, भन्सार छलीका ४६ लाख बराबरको मालसामान जफ्त
एक महिनाको अवधीमा ६६ जना फरार प्रतिवादी पक्राउ, भन्सार छलीका ४६ लाख बराबरको मालसामान जफ्त
राजविराज नगरपालिकाका अधिकृत मनोज यादवलाई २४ घण्टे स्पष्टिकरण
राजविराज नगरपालिकाका अधिकृत मनोज यादवलाई २४ घण्टे स्पष्टिकरण