मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण 

राजविराज राजविराज
|
बुधबार, जेठ ६, २०८३
|
|
७७ पटक हेरिएको
Shares
मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण 

सारांश

  •     उच्च अदालत जनकपृुर राजविराज इजलासका मुख्य न्यायाधिश शुभाष पौडेलले मन्त्री महतोको स्वागत गर्दै पहिलो पटक समस्या र अवस्था बुझ्न कानुन मन्त्री आएको खुशी ब्यक्त गरे ।
  •       सो क्रममा मन्त्री महतोले अदालतको पूर्वाधार निर्माण, जेनजी आन्दोलनका क्रममा भएको क्षति तथा अन्य जीर्ण संरचनाको निरिक्षण गर्दै सेवा सुविधा विस्तार र स्तरोन्नतीका लागी प्रदेश सरकारबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए ।
  •       उनले आफु मन्त्री भएपछि प्रदेशका ८ वटै जिल्लाका अदालत र कारागारहरुको अवस्था बुझ्न तथा सुधारका कार्य अघि बढाउन जिल्ला दौडहामा निस्केको सुनाए ।

दैनिक समचारदाता
राजविराज, ६ जेठ ।

    मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री फकिरा महतोले उच्च अदालत जनकपुर–राजविराज इजलास, सप्तरी जिल्ला अदालत र नेपाल पत्रकार महासंघ सप्तरी शाखाको बुधबार निरिक्षण गरेका छन ।
    उच्च अदालत जनकपृुर राजविराज इजलासका मुख्य न्यायाधिश शुभाष पौडेलले मन्त्री महतोको स्वागत गर्दै पहिलो पटक समस्या र अवस्था बुझ्न कानुन मन्त्री आएको खुशी ब्यक्त गरे । 
    सो क्रममा मन्त्री महतोले अदालतको पूर्वाधार निर्माण, जेनजी आन्दोलनका क्रममा भएको क्षति तथा अन्य जीर्ण संरचनाको निरिक्षण गर्दै सेवा सुविधा विस्तार र स्तरोन्नतीका लागी प्रदेश सरकारबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए । 
    उनले आफु मन्त्री भएपछि प्रदेशका ८ वटै जिल्लाका अदालत र कारागारहरुको अवस्था बुझ्न तथा सुधारका कार्य अघि बढाउन जिल्ला दौडहामा निस्केको सुनाए । 
    हाल सम्म प्रदेशका अधिकाँश जिल्ला अदालत, उच्च अदालत र कारागारको अवलोकन गरी सकेको बताएका मन्त्री महतोले प्रदेश सरकारको तर्फबाट सुधार र व्यवस्थापनका लागी श्रोत साधनले भ्याए सम्म सहयोग गर्ने प्रतिबद्धता जनाए । 
    सो अवसरमा रजिस्टार लोक बहादुर पराजुलीले अदालतको समग्र अवस्था बारे मन्त्री महतोलाई जानकारी गराउदै सेवा, सुविधा विस्तारमा बजेट छु्ट्याई सहयोग गर्न आग्रह सहितको पत्र बुझाएका थिए । 
    मन्त्री महतोले बुधवारै सप्तरी जिल्ला अदालत पनि पुगेर जेनजी आन्दोलनका क्रममा भएको क्षती, तत्काल भइरहेको पूर्वाधारको पुनः निर्माण, सेवाग्राहीलाई प्रदान गरिने सेवा लगायतका विषयमा जानकारी लिदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । 
    सोही दिन मन्त्री महतोले नेपाल पत्रकार महासंघ सप्तरी शाखाको निरिक्षण गर्दै जेनजी आन्दोलनका क्रममा महासंघको भवनमा पुगेको क्षतिका बारेमा जानकारी समेत लिएको महासंघका अध्यक्ष श्रवणकुमार देवले बताए ।
    टोलीमा मधेश प्रदेशका डिआईजी गोविन्द थपलिया, मधेश प्रदेश आमसंचार प्राधिकरणका अध्यक्ष जीतेन्द्र खड्गा लगायत सहभागि थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपा पार्टी कार्यालयमा तालाबन्दी
लोसपा पार्टी कार्यालयमा तालाबन्दी
स्वास्थ्य शिविरलाई मध्यनजर गर्दै रक्तदान
स्वास्थ्य शिविरलाई मध्यनजर गर्दै रक्तदान
सहिद तथा बेपत्ता परिवार सम्मानित 
सहिद तथा बेपत्ता परिवार सम्मानित 
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन
बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन
हिंसामुक्त समाज निर्माणको लागि सबैको  साझा प्रयास आवश्यक ः गृहमन्त्री लेखी
हिंसामुक्त समाज निर्माणको लागि सबैको  साझा प्रयास आवश्यक ः गृहमन्त्री लेखी
एकपछि अर्को सदस्य गुमाउँदा  देव परिवारको कन्तविजोग
एकपछि अर्को सदस्य गुमाउँदा  देव परिवारको कन्तविजोग
कोशी पीडितद्वारा निर्णायक आन्दोलनको घोषणा
कोशी पीडितद्वारा निर्णायक आन्दोलनको घोषणा
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
आठ करोड भन्दा बढीको बाँकी बक्यौता दिन आलटाल गरेको भन्दै दुध किसान आन्दोलित 
आठ करोड भन्दा बढीको बाँकी बक्यौता दिन आलटाल गरेको भन्दै दुध किसान आन्दोलित