दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा विद्युत सर्ट भएर विहीवार राती आगालागी हुँदा आधा दर्जन घर जलेर नष्ट भएको छ भने उक्त आगालागीबाट १७ लाख ४५ हजार मुल्य बराबरको नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
सो नगरपालिका ९ बेरबोनामा राती ९ वजे तीर रामचन्द्र यादवको घरमा विद्युत सर्ट भई सल्केको आगोले छिमेकीको घरहरु समेत गरी ६ घर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगालागीले रामचन्द्रका साथै छिमेकी परिक्षण यादव, रामकिशुन यादव, चन्द्र देव यादव, बलराम यादव र रामबृक्ष यादवको घर जलेको छ । ती सबै फुसको संरचना भएका घरहरु भएको प्रहरीको भनाई छ ।
आगालागीबाट बलराम यादवको ५ लाख ६५ हजार, परिक्षण यादवको ३ लाख २२ हजार, राम किशुन यादवको २ लाख ६१ हजार, चन्द्र देव यादवको २ लाख ५४ हजार, रामबृक्ष यादवको ३० हजार तथा बैजनाथ यादवको २५ हजार मुल्य बराबरको सम्पती जलेर नष्ट भएको उनको भनाई छ ।
आगोले अर्का छिमेकी बैजनाथ यादवको घर जोगाउन सकिए पनि बरन्डामा राखिएको उनको २५ हजार मुल्य बराबरको खाद्यान्न जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए ।
स्थानीयवासी, प्रहरी तथा शम्भुनाथ र लहान नगरपालिकाको बारुणयन्त्रको मदतले २ घण्टाको प्रयास पछी आगो नियन्त्रणमा आएको डिएसपी सिंहले जानकारी दिए ।
यस अघि विहीवार दिउसो जिल्लाको बोदेबर्साईन नगरपालिका १० खडकपुरमा विद्युत सर्ट भइ आगलागी हुदा ४ घर जलेको थियो । उक्त आगलागिमा १७ लाख भन्दा बढीको क्षति भएको थियो । आगलागीका घट्ना दोहोरीन नदिन आवश्यक सर्तकता अपनाउन प्रहरीले सबैं संग अनुरोध गरेको छ ।
आगलागीले आधा दर्जन घर नष्ट, १७ लाख भन्दा बढीको क्षति
सारांश
- सो नगरपालिका ९ बेरबोनामा राती ९ वजे तीर रामचन्द्र यादवको घरमा विद्युत सर्ट भई सल्केको आगोले छिमेकीको घरहरु समेत गरी ६ घर नष्ट भएको प्रहरीले जनाएको छ ।
- आगालागीले रामचन्द्रका साथै छिमेकी परिक्षण यादव, रामकिशुन यादव, चन्द्र देव यादव, बलराम यादव र रामबृक्ष यादवको घर जलेको छ ।
- ती सबै फुसको संरचना भएका घरहरु भएको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया