दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
संघीय समाजवादी फोरम नेपाल राजविराज नगर समितीले आईतवार राजविराजमा भेला आयोजना गरेको छ ।
सो भेलामा संघीय समाजवादी फोरम नेपालका राजनैतिक समिती सदस्य समेत रहेका प्रदेश नम्वर २ का भुमी व्यावस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश २ को सरकार परिवर्तन नहुने दाबी गरेका छन् ।
सामजिक संजालमा फैलाएको भ्रमको पछाडी नलाग्न कार्यकर्तालाई निर्देशन दिदै मन्त्री साहले प्रदेश २ मा फोरम राजपा गठवन्धको सरकारको लोकप्रियता देखेर विपक्षीले सरकार ढल्ने नकारात्मक प्रचारवाजी गरेको जिकिर गरे ।
यस्तै सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष रेणु यादवले आफूहरुसंग भएको सम्झौता वमोजिम संविधान संशोधन नभए पार्टी सरकारमा नवस्ने वताइन् ।
नेकपासंग सविधान संशोधन गरी मधेशी, आदिवासी जनजाति, दलित, मुश्लिम लगायतका उत्पीडित समुदायको अधिकार सुनिश्चितताको ग्यारेण्टी सहितको सहमती भई सरकारमा सहभागी भएको जानकारी दिदै प्रतिनिधी सभा सदस्य यादवले चालु हिउदे अधिवेशनमा संविधान संशोधन गर्ने प्रस्ताव सरकारले नलगे पर्टी सरकारमा नवस्ने वताए ।
संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य अरुण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा तराई मधेश प्रदेश समितीका मुख्य सचिव शम्भु झा, सदस्य यूसुफ अलि, जिल्ला ईन्चार्ज सत्य नारायण यादव, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, सचिव केदार प्रसाद यादव, राजनैतिक समिती सदस्य कैलाश यादव, केन्द्रिय सदस्यहरु चित्त नारायण यादव, शैलेश चौधरी, सुर्यनाथ यादव, उमेश यादव, अशोक यादव, पूर्व साँसद लक्ष्मी चौधरीले शुभकामाना मन्तव्य व्यक्त गरे ।
प्रदेश २ को सरकार परिर्वतन हुँदैन् ः मन्त्री साह
सारांश
- सो भेलामा संघीय समाजवादी फोरम नेपालका राजनैतिक समिती सदस्य समेत रहेका प्रदेश नम्वर २ का भुमी व्यावस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश २ को सरकार परिवर्तन नहुने दाबी गरेका छन् ।
- सामजिक संजालमा फैलाएको भ्रमको पछाडी नलाग्न कार्यकर्तालाई निर्देशन दिदै मन्त्री साहले प्रदेश २ मा फोरम राजपा गठवन्धको सरकारको लोकप्रियता देखेर विपक्षीले सरकार ढल्ने नकारात्मक प्रचारवाजी गरेको जिकिर गरे ।
- यस्तै सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष रेणु यादवले आफूहरुसंग भएको सम्झौता वमोजिम संविधान संशोधन नभए पार्टी सरकारमा नवस्ने वताइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया