समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो

राजविराज राजविराज
|
सोमबार, मंसिर १२, २०७९
|
|
४३ पटक हेरिएको
Shares
समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो

सारांश

  •     यसअघि जिल्लाको ४ प्रतिनिधिसभा सदस्य मध्ये एक र ८ प्रदेशसभा सदस्य मध्ये ४ सीटमा निर्वाचित भई जनमत पहिलो पार्टी बनेको छ ।
  •       जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं.
  • १ को समानुपातिकतर्फको प्राप्त मतपरिणाम अनुसार जनमत पार्टीले २२ हजार ३ सय २७ मत प्राप्त गरि पहिलो बनेको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ मंसिर । 

    सप्तरी जिल्लामा जनमत पार्टीले समानुपातिक तर्फ पनि सबैभन्दा बढी मत प्राप्त गरि पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभामा ७० हजार तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत ल्याउँदै जनमत जिल्लामा पहिलो पार्टी बनेको हो । यस्तै जसपाले ४० हजार भन्दा बढी मत ल्याई दोश्रो भएको छ भने भने नेपाली काँग्रेस ३५ हजार भन्दा बढी मत प्राप्त गरि तेश्रो स्थानमा रहेको छ । 
    यसअघि जिल्लाको ४ प्रतिनिधिसभा सदस्य मध्ये एक र ८ प्रदेशसभा सदस्य मध्ये ४ सीटमा निर्वाचित भई जनमत पहिलो पार्टी बनेको छ ।  
    जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ को समानुपातिकतर्फको प्राप्त मतपरिणाम अनुसार जनमत पार्टीले २२ हजार ३ सय २७ मत प्राप्त गरि पहिलो बनेको छ । त्यस्तै नेकपा एमालेले १२ हजार ९ सय ४, जसपाले १२ हजार ८ सय २७, नेपाली काँग्रेसले १० हजार ३ सय ९९, माओवादी केन्द्रले ३ हजार ७ सय ७२, नागरिक उन्मुक्ति पार्टीले १ हजार ८ सय ३८, राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ४ सय ८६, नेकपा एसले ६ सय ५८ तथा लोसपाले ४ सय ४६ मत प्राप्त गरेको छ । यस क्षेत्रमा ७३ हजार ३२ मत खसेको थियो भने २ हजार ८ सय ८२ मत बदर भई ७० हजार १ सय ५० मत सदर भएको थियो । 
    यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ को समानुपातिकतर्फको प्राप्त मतपरिणाम अनुसार जनमत पार्टीले २९ हजार ८ सय २ मत प्राप्त गरेको छ । त्यस्तै जसपाले १३ हजार ५ सय ९५ मत, लोसपाले ५ हजार १ सय ५० मत, माओवादी केन्द्रले ४ हजार ३ सय ९८ मत, नेपाली काँगे्रसले २ हजार ६ सय १६ मत, नेकपा एमालेले १ हजार २ सय ४५ मत तथा नेकपा एसले १ हजार २ सय ३२ मत ल्याएको छ । यस निर्वाचन क्षेत्रमा ६५ हजार ५ सय २१ मत खसेको थियो भने जसमा ३ हजार ४ सय २७ मत बदर भई ६२ हजार ९४ मत दिर भएको निर्वाचन कार्यालयले जनाएको छ । 
    सोही निर्वाचन क्षेत्रको प्रदेशसभा तर्फ ६४ हजार ७ सय ५१ मत खसेकोमा ४ हजार १ सय ६९ बदर भई ६० हजार ५ सय ८२ मत सदर भएको छ । यस प्रदेशसभा क्षेत्रमा पनि जनमत पार्टीले २७ हजार ६ सय ७७ मत ल्याई पहिलो भएको छ । यसैगरि जसपाले १३ हजार ५ सय ४३ मत, लोसपाले ६ हजार ९० मत, नेपाली काँग्रेसले ३ हजार ४० मत, नेकपा एमालेले १ हजार ५ सय ६५ मत, नेकपा एसले १ हजार ३ सय ४४ मत, माओवादी केन्द्रले ३ हजार ६ सय १७ मत प्राप्त गरेको छ । 
    यसैगरि प्रतिनिधिसभा क्षेत्र नं. ३ मा पनि जनमत पार्टीले १८ हजार ३ सय ४० मत प्राप्त गरि पहिलो पार्टी बनेको छ । सो क्षेत्रमा नेपाली काँग्रेसले १८ हजार २ सय ४९, जसपाले १० हजार १ सय ५३, नेकपा एमालेले ९ हजार ५ सय ९४, नागरिक उन्मुक्ति पार्टीले ३ हजार १ सय ८३, माओवादी केन्द्रले १ हजार ७ सय ३६, लोसपाले १ हजार ६ सय ४६, नेकपा एसले १ हजार २ सय २२ मत प्राप्त गरेको छ । यस क्षेत्रमा ७१ हजार ६ सय ४० मत खसेकोमा ४ हजार २ सय ९३ म तबदर भई ६७ हजार ३ सय ४७ मत सदर भएको थियो । 
    यस्तै सोही निर्वाचन क्षेत्रको प्रदेशसभा क्षेत्रमा ७१ हजार ४ सय २ मत खसेकोमा ५ हजार १३ म तबदर भई ६६ हजार ३ सय ८९ मत सदर भएको थियो । जस अनुसार जनमत पार्टीले सबै भन्दा बढी १९ हजार ५ सय ३० मत, नेपाली काँग्रेसले १५ हजार ५ सय १०, जसपाले ९ हजार ५ सय ९०, नेकपा एमालेले ८ हजार ८ सय ३७, माओवादी केन्द्रले ३ हजार १ सय ६२, नागरिक उन्मुक्ति पार्टीले ३ हजार ५१, लोसपाले १ हजार ८ सय ५४, नेकपा एसले १ हजार ४ सय १ मत प्राप्त गरेको छ । 
    यता प्रतिनिधिसभा क्षेत्र नं. ४ मा समानुपातिकतर्फको मतगणना जारि नै रहेको छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार यस क्षेत्रमा पनि जनमत पार्टीले ५ हजार ५ सय १७ मत प्राप्त गरि पहिलो स्थानमा रहेको छ । यस्तै दोश्रो स्थानमा रहेको जसपाले ४ हजार ३ सय ४७ मत प्राप्त गरेको छ । ३ हजार ४ सय ८६ मतका साथ काँग्रेस तेश्रो स्थानमा रहेको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, एक यूवती घाइते
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, एक यूवती घाइते
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश
२० महिने शिशुको तौल ४ किलो,  विपत्तमाथी कुपोषणले ग्रस्त छोरीको  उपचारको भारीले रन्जनाको कन्तबिजोग
२० महिने शिशुको तौल ४ किलो,  विपत्तमाथी कुपोषणले ग्रस्त छोरीको  उपचारको भारीले रन्जनाको कन्तबिजोग
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
प्रधानमन्त्रीद्वारा हिटलर शैली प्रदर्शन  ः जसपा वरिष्ठ नेता महतो
प्रधानमन्त्रीद्वारा हिटलर शैली प्रदर्शन  ः जसपा वरिष्ठ नेता महतो
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर
सहिदको सपना साकार भयो ः मुख्यमन्त्री राउत, मधेश प्रदेशद्वारा ५९ सहिद परिवारलाई तीन÷तीन लाख
सहिदको सपना साकार भयो ः मुख्यमन्त्री राउत, मधेश प्रदेशद्वारा ५९ सहिद परिवारलाई तीन÷तीन लाख