राजविराज÷राजबिराजमा संचालित महिला क्रिकेट प्रिमियर लिग प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न खेलमा खडकले राजबिराज सिस्कालाई ७ रनले पराजित गरेको छ ।
खडकका कप्तान सरस्वती चौधरीले टस जिती पहिलो ब्याटिंग गर्न ओर्लेकोमा निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानीमा १ सय १० रनको योगफल तयार पारेको थियो ।
खडकका लागि कप्तान सरस्वती चौधरीले ३६, काजल श्रेष्ठले २० तथा कविता गौतमले १८ रन बनाएकी थिइन् । यता बलिङतर्फ राजबिराज सिस्काका तर्फबाट सबनम राईले ४ ओभरमा २० रन दिई २ बिकेट तथा नेरि थापा, सम्झना खडका र अस्मीना कर्मचार्यले सामान १ बिकेट लिएका थिए ।
यता १ सय ११ रनको लक्ष्य लिई मैदानमा ओर्लेको राजबिराज सिस्काले २० ओभरमा ९ बिकेट गुमाई १ सय ३ रनमै सीमित हुन पुग्यो । राजबिराजका लागि कप्तान नेरि थापाले उत्कृष्ट पारि खेल्दै ४९ बनाए पनी टिमलाई जिताउन सकिनन् । उनी ९ औं बिकेटको रुपमा पिचबाट बाहिरिएकी थिइन् ।
यस्तै बलिङ तर्फ खडकका कविता गौतमले घातक बलिंग गर्दै ४ ओभरको आफनो स्पेलमा १८ रन दिई ४ महत्वपुर्ण ४ बिकेट लिएका थिए । कविता बाहेक सन्तोषि चौधरी, सरस्वती चौधरी र रश्मी शर्माले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच खडकका कविता गौतम भएका थिए ।
महिला क्रिकेट प्रिमियर लिगमा खडकद्वारा राजबिराज पराजित
सारांश
- यता १ सय ११ रनको लक्ष्य लिई मैदानमा ओर्लेको राजबिराज सिस्काले २० ओभरमा ९ बिकेट गुमाई १ सय ३ रनमै सीमित हुन पुग्यो ।
- राजबिराजका लागि कप्तान नेरि थापाले उत्कृष्ट पारि खेल्दै ४९ बनाए पनी टिमलाई जिताउन सकिनन् ।
- उनी ९ औं बिकेटको रुपमा पिचबाट बाहिरिएकी थिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया