दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले मंगलबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।
निर्वाचन आयोगले राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरि पार्टीलाई प्रमाणपत्र प्रदान गरेको हो ।
दल दर्ता नंं २०१ कायम भएको सो पार्टीको चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको आयोगले जनाएको छ ।
त्यस्तै गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको आयोगले जनाएको छ ।
स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने भएकोले आम जनतालाई यस पार्टीको सदस्यता ग्रहण गरि सक्रियता साथ पार्टीमा लाग्न अध्यक्ष राजेन्द्र महताले अपील गरेका छन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र
सारांश
- निर्वाचन आयोगले राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरि पार्टीलाई प्रमाणपत्र प्रदान गरेको हो ।
- दल दर्ता नंं २०१ कायम भएको सो पार्टीको चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको आयोगले जनाएको छ ।
- त्यस्तै गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया