दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले मंगलबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।
निर्वाचन आयोगले राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरि पार्टीलाई प्रमाणपत्र प्रदान गरेको हो ।
दल दर्ता नंं २०१ कायम भएको सो पार्टीको चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको आयोगले जनाएको छ ।
त्यस्तै गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको आयोगले जनाएको छ ।
स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने भएकोले आम जनतालाई यस पार्टीको सदस्यता ग्रहण गरि सक्रियता साथ पार्टीमा लाग्न अध्यक्ष राजेन्द्र महताले अपील गरेका छन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र
सारांश
- निर्वाचन आयोगले राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरि पार्टीलाई प्रमाणपत्र प्रदान गरेको हो ।
- दल दर्ता नंं २०१ कायम भएको सो पार्टीको चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको आयोगले जनाएको छ ।
- त्यस्तै गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन
शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने
सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी
घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
हजारौंको सहभागितामा राजविराजमा रथयात्रा
राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा तीन जनाको उम्मेदवारी
प्रतिक्रिया
० प्रतिक्रिया