करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना

राजविराज राजविराज
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
३८ पटक हेरिएको
Shares
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना

सारांश

  •     नेपाल सरकार मन्त्रीपरिषद कात्तिक १७ गतेको बैठकले मुलुकभरका ३८ वटा करदाता सेवा कार्यालयलाई खारेज गर्ने निर्णय गरेपछी सप्तरीका उद्योगि व्यापारीहरु आन्दोलित भएका हुन् ।
  •       दोश्रो चरणको आन्दोलनका क्रममा शनिकार उद्योगि व्यापारीहरुले कालोपट्टी बाधेर कारोबार गर्दै आइतबार प्रशासन कार्यालयमा धर्ना बसेका हुन् ।
  •       यसअघि बिहीबार साँझदेखी घरदैलो कार्यक्रम मार्फत हस्ताक्षर संकलन गरि शुक्रबार उद्योगी व्यवसायी तथा सरोकारवालाले कालोपट्टी वाँधेर प्रमुख जिल्ला अधिकारीलाई हस्ताक्षरित तुल बुझाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक । 

    राजविराजस्थित करदाता सेवा कार्यालय आन्तरिक राजश्व कार्यालय लहानमा गाभ्ने निर्णय विरुद्ध सप्तरी उद्योग बाणिज्य संघको अगुवाईमा उद्योगि, व्यापारी तथा निर्माण व्यावसायीहरुले आइतबार एक घण्टा जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिएका छन् । 
    नेपाल सरकार मन्त्रीपरिषद कात्तिक १७ गतेको बैठकले मुलुकभरका ३८ वटा करदाता सेवा कार्यालयलाई खारेज गर्ने निर्णय गरेपछी सप्तरीका उद्योगि व्यापारीहरु आन्दोलित भएका हुन् । 
    दोश्रो चरणको आन्दोलनका क्रममा शनिकार उद्योगि व्यापारीहरुले कालोपट्टी बाधेर कारोबार गर्दै आइतबार प्रशासन कार्यालयमा धर्ना बसेका हुन् ।  
    यसअघि बिहीबार साँझदेखी घरदैलो कार्यक्रम मार्फत हस्ताक्षर संकलन गरि शुक्रबार उद्योगी व्यवसायी तथा सरोकारवालाले कालोपट्टी वाँधेर प्रमुख जिल्ला अधिकारीलाई हस्ताक्षरित तुल बुझाएका थिए ।
    बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित सो कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ । 
    करदाता सेवा कार्यालयको तथ्यांक अनुसार ६६ हजार ५ सय ६१ सक्रिय करदाता रहेको यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयले चालु आ.ब. २०८२÷०८३ मा १ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायका लागि अदालतै अगाडी धर्ना
न्यायका लागि अदालतै अगाडी धर्ना
पोखरी महाडको जिर्णोद्धार गरी बाटो निर्माणका  लागि पहल गर्ने ः उपसभामुख देव  
पोखरी महाडको जिर्णोद्धार गरी बाटो निर्माणका  लागि पहल गर्ने ः उपसभामुख देव  
स्ववियु पदाधिकारीको पदस्थापन तथा प्रमाणपत्र बितरण 
स्ववियु पदाधिकारीको पदस्थापन तथा प्रमाणपत्र बितरण 
बौद्धिक अपाङ्गता भएकाहरुका  लागी श्रोत केन्द्र कक्षा संचालन 
बौद्धिक अपाङ्गता भएकाहरुका  लागी श्रोत केन्द्र कक्षा संचालन 
चट्याङ् लागेर एक बालिकासहित तीनको मृत्यु 
कोशीपीडितको माग पुरा गराउन पहल गर्ने कृषि मन्त्रीको प्रतिबद्धता
कोशीपीडितको माग पुरा गराउन पहल गर्ने कृषि मन्त्रीको प्रतिबद्धता
संविधानसभा सदस्य सदरुल हकको हत्यामा  संलग्न छोरीसहित १७ जना कैदी रिहा, रिहा हुनेमा अधिकांश कर्तब्य ज्यान मुद्दाकै
संविधानसभा सदस्य सदरुल हकको हत्यामा  संलग्न छोरीसहित १७ जना कैदी रिहा, रिहा हुनेमा अधिकांश कर्तब्य ज्यान मुद्दाकै
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र
क्यालेन्डरमा फरक÷फरक तिथि देखाएपछि  सरस्वती पुजा दुई दिन मनाइदै
क्यालेन्डरमा फरक÷फरक तिथि देखाएपछि  सरस्वती पुजा दुई दिन मनाइदै
तीन सय ५७ मुद्दामा २ सय ५० फर्छयोट  विभिन्न अपराधका फरार २३ पक्राउ
तीन सय ५७ मुद्दामा २ सय ५० फर्छयोट  विभिन्न अपराधका फरार २३ पक्राउ